Menu

आजको मौसम

सिमरा हत्या प्रकरण : दोषीलाई हदैसम्मको सजाय दिलाउने सरकारको प्रतिबद्धता

Author
News Feed |
August 22, 2026
Featured

पर्सा , भदौ ६ —

बारामा तीन वर्षीया बालिकामाथि भएको जघन्य अपराधप्रति सरकारले गम्भीर दुःख व्यक्त गर्दै दोषीलाई कानुनी कठघरामा उभ्याएर हदैसम्मको सजाय दिलाउने प्रतिबद्धता जनाएको छ।

गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको र नागरिकस्तरमा उत्पन्न आक्रोशलाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन्।

गृह मन्त्रालयका अनुसार घटनालगत्तै केही शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो। पीडित परिवारले पछिल्लो पटक दिएको जाहेरीका आधारमा थप चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।

गृहमन्त्री गुरुङले मृतक बालिकालाई न्याय दिलाउनु सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै घटनासँग सम्बन्धित प्रमाण सुरक्षित राख्न तथा निष्पक्ष र वैज्ञानिक अनुसन्धान गर्न कुनै कसर बाँकी नराखिने स्पष्ट पारेका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरी प्रशासनबाट लापरबाही भएको गुनासो आएपछि सम्बन्धित प्रहरी अधिकारीमाथि समेत छानबिन तथा कारबाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिएका छन्।

घटनापछि दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग उठिरहेका बेला गृहमन्त्री गुरुङले तत्काल मृत्युदण्डको व्यवस्था गर्न सक्ने कानुनी अवस्था नरहेको बताएका छन्। नेपालको संविधानको धारा १६ (२) ले मृत्युदण्ड दिने गरी कानुन बनाउन निषेध गरेको उनको भनाइ छ।

यद्यपि, महिला तथा बालबालिकाविरुद्ध हुने जघन्य अपराधका कानुनी बाधा हटाउने विषयमा आवश्यक कानुन संशोधनको मस्यौदा तयार गरी संसदीय प्रक्रियामा लैजाने तयारी भइरहेको गृहमन्त्री गुरुङले बताएका छन्।

उनले संवेदनशील घटनालाई राजनीतिक रङ नदिन तथा अपुष्ट सूचनाका आधारमा ‘मिडिया ट्रायल’ नगर्न आग्रह गरेका छन्। अनुसन्धान र न्यायिक प्रक्रिया प्रभावित नहोस् भन्नेतर्फ सबै पक्ष जिम्मेवार हुनुपर्ने उनको भनाइ छ।

नागरिकस्तरबाट भइरहेको खबरदारीलाई स्वागत गर्दै गृहमन्त्री गुरुङले निष्पक्ष अनुसन्धानमार्फत दोषीलाई कडा सजाय दिलाउन सरकार प्रतिबद्ध रहेको दोहोर्‍याएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3