Menu

आजको मौसम

एसिड आक्रमणबाट पीडितलाई प्रदेश २ सरकारले जागिर दिने

Author
Trilok Khabar |
February 10, 2021
Featured

जनकपुरधाम । एसिड आक्रमणबाट पीडित जनकपुरधामकी आरती साहलाई प्रदेश सरकारले जागिर दिने भएको छ ।
प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले साहलाई आउँदो आर्थिक वर्षको साउन १ गते देखि आफ्नो कार्यालयमा कार्यालय सहायकको रुपमा नियुक्ति दिने सहमति गरेका छन् ।
मुख्यन्यायाधिवक्ता झाले आरतीलाई आगामी आर्थिक वर्षमा जागिर दिने र न्याय पनि पाउने बताए । उनले आरतीको मुद्दा अहिले जिल्ला अदालतमा चलिरहेको र अन्तिम अवस्थामा रहेको जानकारी दिए ।
गत कात्तिक १९ गते दीपावलीकै दिन जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित ससुरालीमा गएर श्रीमती आरती साह र छोरी रियामाथि २६ वर्षीय सञ्जीव साहले एसिड प्रहार गरेका थिए ।
यस घटनामा जिल्ला अदालत धनुषामा आरतीका श्रीमान् र एसिड व्यापारी नागेन्द्र साहमाथि १५ वर्ष ६ महिनाको सजाय माग गर्दै अभियोग पत्र दर्ता गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3