स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

मुआवजा नदिएको भन्दै किसानहरूले रेल्वेको काम रोके

SHARE:

रौतहट, ३० माघ । 
रेल्वेले अधिग्रहण गरेको जग्गाको मुआवजा नदिएको भन्दै रौतहटको चन्द्रपुर नगरपालिका–८ का किसानहरूले रेल्वेको काम रोकेका छन् । मेची–महाकाली रेलमार्गको बर्दिबास–निजगढ खण्डस्थित रौतहटको सन्तपुर नजिक ४ नम्बर प्याकेजअन्तर्गत खेतका किसानले मुआब्जा नदिएको भन्दै बिहीवार काम रोकेका हुन् । जग्गाधनीले मुआब्जाको रकम पाएका छैनन् । तर ठेकेदारले धमाधम काम शुरू गरेपछि किसानहरू आक्रोशित छन् ।
केहीको एक महिनाअघि नै मालपोतलबाट रेल्वे विभागको नाममा जग्गा नामसारी भइसकेको छ ।
तर हातमा एक पैसा पनि नपरेको किसान कृष्ण चौधरीले बताए ।रेल्वेको नाममा पास भइसकेको लालपूर्जा बोकेर खेतमै उनीहरूले काम अवरोध गरेका थिए । 'जग्गा पास भएकै दिन मुआब्जाको रकम पाइन्छ भन्यो । तर अहिलेसम्म हातमा एक पैसा परेको छैन,' उनले भने,'खेतमा धमाधम काम भइरहेको रहेछ । अब पैसा नपाएसम्म कामै हुन दिन्न ।'
उनको ८ कठ्ठा जग्गा रेल्वेमा परेको छ । समयमा मुआब्जा नपाएको भन्दै तीन महिनाअघि किसानले गहुँ, मकै, मसुरोलगायतका बाली लगाएका थिए । अहिले बाली भित्र्याउन नपाउँदै रेल्वेले धमाधम काम थालेको छ । त्यहाँ कुनै अप्रिय घटना हुन नदिन इलाका प्रहरी चन्द्रनिगाहपुरबाट बिहानदेखि सुरक्षाकर्मी परिचालन गरिएको थियो । रेल्वे विभागका डिई देबेन्द्र साहले मुआब्जा वितरणमा ढिला हुन गएको स्वीकारेका छन् । 'किसानलाई दिने मुआब्जाको रकम नभएकै कारण ढिला हुन गएको हो ।
अर्थ मन्त्रालयबाट निकासा हुन सकेको छैन,' उनले भने,'अबको एकसाताभित्र रकम निकासा हुन्छ । त्यसपछि किसानलाई बोलाएरै भुक्तानी गर्छाैं ।'
उनले ८० प्रतिशत किसानको मुआब्जाको रकम वितरण भइसकेको दाबी गरे । उक्त प्याकेज लामा गोल्डेन बिरूवा जेभीले ठेक्का सकार गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: मुआवजा नदिएको भन्दै किसानहरूले रेल्वेको काम रोके
मुआवजा नदिएको भन्दै किसानहरूले रेल्वेको काम रोके
Trilok Khabar
https://www.trilokkhabar.com/2021/02/blog-post_12.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/02/blog-post_12.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content