बीरगन्ज, २८ माघ । बाराको बिश्रामपुर गाउँपालिका वडा न. ३ मुसहर्वाबाट शसस्त्र प्रहरीले साढे ६ केजी अवैध लागुऔषध गाँजा तथा स्रोत नखुलेको रकमसहित १ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
नेपालबाट खेतबारीको बाटो हुँदै भारततर्फ जाँदै गरेको अवस्थामा भारतको मोजफर सिमरहा थाना अहियापुर बस्ने ५६ वर्षीय महेन्द्र प्रसाद रायलाई शसस्त्र प्रहरीले पक्राउ गरेको हो ।
रायले बोको २ वटा कालो रंगको झोला शंका लागी चेकजाँच गर्ने क्रममा ६ किलो ५ सय ग्राम लागु औषध गाँजार ५ सय को भारतीय नोट २३ थान, ५० को १ थान भारतीय नोट, १० को नोट १ थान, २० को नेपाली २ थान, १० रुपैयाको नेपाली नोट २ थान फेला परेको प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।
निजको साथबाट स्रोत नखुलेको जम्मा ११ हजार ६ सय २० रुपैया फेला परेको छ । बरामद लागुऔषध गाँजा र अवैध रकमसहित पक्राउ परेका रायलाई आवश्यक कारवाहीका लागी प्रहरी चौकी मुसहर्वा पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्