Menu

आजको मौसम

बच्चाको मध्य कानमा हुने संक्रमणका ७ लक्षण

Author
Trilok Khabar |
February 12, 2021
Featured


मध्य कानको संक्रमणलाई ओटिटिस मिडिया पनि भनिन्छ। बालबालिकामा यो संक्रमण दर्दनाक हुन सक्छ। यो संक्रमण तब हुन्छ जब बालकालिकाको कानबाट निस्कने तरल पदार्थ अवरुद्ध हुन्छ। बालबालिकालाई जाडो, एलर्जी वा कुनै फ्लुको संक्रमण भयो भने यो समस्या देखिन सक्छ।

यस्तो तरल पदार्थ जम्मा हुन थालेपछि त्यहा ब्याक्टेरिया बढ्न थाल्दछ र बालबालिकाको कानको जालीमा दवाव बढ्न थाल्दछ।

मध्य कानमा संक्रमणका लक्षण
- राती सुतेको समयमा रुदैँ जाग्नु,
- कान मिच्ने अथवा तान्ने
- कम सुन्ने वा सुनाईमा समस्या
- स्तनपान गर्ने बच्चाले दुध चुस्न नमान्ने, अन्य खानेकुरा खान नखोज्ने, किनभने,  खाादा दुखाई हुने कारणले उनीहरु खान खोज्दैनन्।
- १०१ डिग्री फरेनहाइट भन्दा बढी ज्वरो आउनु,
- वान्ता हुनु, 
- पखाला लाग्नु,

यस्तो समस्या भएका बच्चाले गर्ने व्यवहार
- कान दुखेको वा कान वरपरको भाग दुखेको गुनासो गर्ने
- कान बजेको जस्तो महसुस गर्ने,
- कानमा केही हल्लिए जस्तो वा भरिएको महसूस हुने
- सुनाईमा समस्या
- चक्कर आउनु
- कसरी गर्ने देखभाल

कानको संक्रमण कहिलेकाँहि आफैं निको हुन पनि सक्छ। तर, माथि भनिएका जस्ता लक्षण २ दिनभन्दा बढी समय देखिएमा डाक्टरलाई देखाउन जरुरी हुन्छ।

कानको संक्रमण रोक्न स्तनपान गराउदा बच्चालाई सिधा समात्नुहोस्। धुम्रपान गरिरहेका व्यक्तिबाट बच्चालाई टाढै राख्नुहोस्।

बच्चालाई नियमित हात धुन र आँखा, वा बगिरहेको नाकको नछुन सिकाउनुहोस्।

डाक्टरले बच्चालाई परीक्षण गरिसकेपछि दिएका औषधि भनिएको समयमा नै पुरा डोज दिनुहोस्। बच्चालाई निको भएको महसुस भएपनि पुरा डोज औषधि दिनु आवश्यक छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3