बारा । नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड, टेकुले बारा जिल्लाका जनप्रतिनिधि तथा सरोकारवालाहरूसँग स्वास्थ्य बिमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय जीतपुरको सभाहलमा भएको कार्यक्रममा बिमा बोर्डका अधिकृत हिमलाल ज्ञवाली र बिमा स्वास्थ्य कार्यक्रमका प्रदेश संयोजक महेश ठाकुरले सहभागीहरूलाई स्वास्थ्य बिमा सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो ।
बारा जिल्लामा फागुन मसान्तसम्ममा स्वास्थ्य बिमा कार्यक्रम लागू हुने अधिकृत ज्ञवालीले जानकारी दिनुभयो । प्रदेश नं.२ का ६ वटा जिल्ला महोत्तरी, रौतहट, पर्सा, धनुषा, सिरहा र सप्तरीमा स्वास्थ्य बिमा कार्यक्रम लागुु भइसकेको छ भने बारा र सर्लाही जिल्लामा लागु हुने क्रममा रहेको छ ।
प्रदेश नं.२ का करिब १ लाख ११ हजार जनसङ्ख्यामा स्वास्थ्य बिमाको पहुँच पुगेका स्वास्थ्य बिमा कार्यक्रमको प्रदेश संयोजक महेश प्रसाद ठाकुरले जानकारी दिनुभयो । नेपाल सरकारले २०३० सालसम्ममा सबै नागरिकहरूमा स्वास्थ्य बिमाको पहुँच पुर्याउने लक्ष्य राखेको छ ।
प्रतिक्रिया लेख्नुहोस्