बारा, ११ फागुन । अगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बारा क्षेत्र नं २, ३ मा जसपा नेपालले अरू प्रतिस्पर्धीबाट अग्रता बनाएको चुनावी जानकारहरूले बताएका छन् ।
क्षेत्र नं २ मा पाँच वटा स्थानीय तह र पर्सागढी नपाका दुईवटा वार्ड पर्छ। जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार बनेका रामकिशोर यादवले पचरौता नपा, स्वर्ण गापा र करैयामाइ गापाबाट आफ्नो प्रतिस्पर्धी उम्मेदवार बाट करिब–करिब दोबर मत पाउने देखिन्छ ।
यो क्षेत्रमा जसपा नेपालको संगठन मजबुत रहेको देखिन्छ । त्यस्तै देवताल गापा र महागढिमाई नपामा यादवको नेट टु नेट फाइट देखिन्छ ।
नेपाली कांग्रेसको तर्फबाट चुनावी प्रतिस्पर्धामा रहेका भैयाराम यादव कांग्रेस भित्रको गुटबन्दी र महागढिमाई नपा बाहेक अरू ठाउँमा कांग्रेसको संगठन कमजोर हुनु नै भैयाराम यादव चुनावी प्रतिस्पर्धाबाट बाहिर रहेको देखिन्छ ।
रास्वपाका उम्मेदवार चन्दन कुमार सिंहको प्रभाव देवताल गापा बाहेक अरू ठाउँमा देखिदैन ।
त्यस्तै एमालेको तर्फबाट उम्मेदवार बनेका बलबीर कुमार चौधरीको पचरौता नपाबाहेक अरू ठाउँमा संगठन मजबुत नदेखिएको कारण क्षेत्र नं २ मा रामकिशोर यादवको चुनाव जित्ने सम्भावना प्रबल रहेको देखिन्छ ।
त्यस्तै क्षेत्र नं ३ मा जसपा नेपालबाट रामबाबु कुमार यादव, एमालेबाट ज्वाला साह, कांग्रेसबाट फरमुल्ला मंसुर र रास्वपाबाट अरबिन्द कुमार साहबीच चुनावी प्रतिस्पर्धा देखिए तापनि कांग्रेस र एमालेको आन्तरिक गुटबन्दीका कारण रामबाबु कुमार यादवलाई फाइदा हुने देखिन्छ ।

त्यस्तै क्षेत्र नं १ मा रास्वपाबाट गणेश धिमाल, नेकपाबाट सन्तोष दंगाल, एमालेबाट अच्युत मैनाली, कांग्रेसबाट शम्भु बहादुर बुढाथोकी र जसपा नेपालबाट रामबाबु प्रसाद यादव चुनावी मैदानमा छन् ।
यो क्षेत्रमा उतरी भेगका अधिकांश उम्मेदवारहरू मजबुत रहेका र सो क्षेत्रका भोट आपसमा बटबारा हुने देखिन्छ । दक्षिणी भेगका एक मात्र बलियो उम्मेदवार रामबाबु प्रसाद रहेको हुनाले यो क्षेत्रमा कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रतिक्रिया लेख्नुहोस्