स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

आमाको दूधजस्तो मातृभाषा डेरीको दूधजस्तो अन्य भाषा– मुख्यमन्त्री गद्दी

SHARE:

वीरगंज, ९ फागुन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले आमाको दूधजस्तो मातृभाषा डेरीको दूधजस्तो अन्य भाषा रहेको बताएका छन् । 
भोजपुरी प्रतिष्ठान वीरगञ्जले आयोजना गरेको बहुभाषिक कवि सम्मेलन एवं शिलान्यास कार्यक्रममा उनले मातृभाषा जस्तो आनन्द अरू भाषा बोल्दा नआउने गरेको बताए । भोजपुरी भाषामा जस्तो शब्दको भण्डार अन्य भाषामा छैन, कतिपय भोजपुरी शब्द अन्य भाषामा उल्था गर्न सकिँदैन । सँस्कृति, व्याकरण, कला र साहित्य छ । भोजपुरी, मैथिली, अवधी भाषा राज्यको प्राथमिकतामा कहिल्यै परेन' मुख्यमन्त्री राउतले भने 'राज्यले त भोजपुरी भाषा, साहित्य, कला सँस्कृतिलाई कसरी अगाडि बढाउने सोचेन, हामीले पनि महŒव दिएनौं ।
कुनै समुदायको इतिहास मेटाउनु छ भने भाषा सँस्कृति र कलालाई खत्तम पारिने गरेको बताउँदै उनले नेपालमा पनि नेपाली भाषालाई बाहेक अन्य भाषाप्रति राज्यको दृष्टिकोण ठीक नरहेको बताए । उनले प्रदेशमा बोलिने सबै भाषा, सँस्कृति, कला साहित्यको संरक्षणका लागि स्थायी संरचना बनाउने र वीरगञ्जमा भोजपुरी साहित्यका भीष्म पितामहको रूपमा परिचित पण्डित दीपनारायण मिश्रको सालिक बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए ।
भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले आफ्नो भाषामा कृति लेखेर प्रसिद्ध साहित्यकारहरू विश्वमञ्चमा परिचित भएको बताउँदै हिनताबोधबाट माथि उठेर राष्ट्रिय, अन्तर्राष्ट्रिय मञ्चमा भोजपुरी भाषमा नै आफ्नोे एजेन्डा राख्नुपर्नेमा जोड दिए ।
जसपाका नेता लक्ष्मणलाल कर्णले नेपाली भाषीहरू शासन सत्तामा रहेर भोजपुरीलाई दवाएर राखेको बताए । अर्का नेता प्रदीप यादवले भोजपुरी गीत संगितमा देखिएके विकृति रोक्नुपर्ने बताए ।
वीरगञ्ज महानगरपालिकाले भोजपुरी प्रतिष्ठानका लागि ५० लाख रुपियाँँ छुट्ट्याएको छ । महानगरपालिकाले नै भोजपुरी साहित्यकार उमाशंकर द्विवेदी संयोजकत्वको ९ सदस्यीय भोजपुरी प्रतिष्ठान वीरगञ्ज गठन गरेको थियो । त्यसका लागि वीरगञ्ज महानगरपालिकाले 'भोजपुरी प्रतिष्ठान ऐन' नै जारी गरेको छ ।
भोजपुरी भाषालाई सर्व स्वीकार्य, कामकाजी भाषा बनाउन, विद्यालयमा पठनपाठन गराउन तथा कला, भाषा साहित्यको सम्वद्र्धनमा प्रतिष्ठानले काम गर्ने महानगरका नगर प्रमुख विजय कुमार सरावगी बताउँछन् ।
प्रतिष्ठानका लागि डीपीआर अन्तिम चरणमा रहेको बताउँदै उनले सबैको सहयोगले प्रतिष्ठानलाई अघि बढाउने आश्वासन दिए । भोजपुरी साहित्यकार पण्डित मिश्रको स्मृतिमा १ लाख नगद सहितको अन्तर्राष्ट्रिय पुरस्कारको समेत आइतवार घोषणा गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष द्विवेदीले हिन्दी, नेपाली भन्दा भोजपुरी भाषा निकै पुरानो भाषा भएको बताए । कविरदासले भोजपुरीमा कविता लेख्ने गरेको बताउँदै उनले नेपालमा नेपालीलाई स्थापित गर्न राज्यले भोजपुरी, मैथली र अवधी भाषालाई दवाएर राखेको बताए ।
प्रतिष्ठानका लागि वीरगञ्ज महानगरले वडा नं ८ रेल्वे रोडमा १ हजार वर्ग फिटको जमिन उपलब्ध गराएको छ । जसमा प्रतिष्ठानको तीन तले भवन बनाउन लागिएको छ ।
भवनको भुइँ तला व्यवसायिक प्रयोजनमा भाडामा लगाउँने, पहिलो तल्लामा आधा भागमा प्रतिष्ठानका पदाधिकारी कक्ष, विभिन्न विभाग र बैठक हल, दोस्रो तलामा ३ हजार ४ सय वर्गफिटको हल र तेस्रो तलामा नाट्य, संगीत, कला सम्बन्धीत संरचना रहने गरी डीपीआर तयार भइरहेको प्रतिष्ठानका सदस्य रितेश त्रिपाठीले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: आमाको दूधजस्तो मातृभाषा डेरीको दूधजस्तो अन्य भाषा– मुख्यमन्त्री गद्दी
आमाको दूधजस्तो मातृभाषा डेरीको दूधजस्तो अन्य भाषा– मुख्यमन्त्री गद्दी
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiNV5xjWRTkY8pgQq0ZvaOnrLg5Vw44tIinTf6s6_9Y8sMUTb0p052nmeRpiTb1y827YdWDy92kFhx0iCHsh3PrCtHoQS7Wxx2enV6GUFRoP4tNQ5PXr_tH4qXZhcL7etGcCiHlYH3ekN2t/s320/eeee-774575.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiNV5xjWRTkY8pgQq0ZvaOnrLg5Vw44tIinTf6s6_9Y8sMUTb0p052nmeRpiTb1y827YdWDy92kFhx0iCHsh3PrCtHoQS7Wxx2enV6GUFRoP4tNQ5PXr_tH4qXZhcL7etGcCiHlYH3ekN2t/s72-c/eeee-774575.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2021/02/blog-post_83.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/02/blog-post_83.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content