Menu

आजको मौसम

मधेस विश्व विद्यालयको उपकुलपतिमा डा. शाक्य नियुक्त

Author
Trilok Khabar |
August 18, 2022
Featured

मधेसखबर

वीरगन्ज,०२ भदौ :मधेस प्रदेश सरकारले वीरगन्जमा स्थापना गर्न लागेको मधेस विश्वविद्यालयको उपकुलपति पदमा वीरगन्जकै प्राध्यापक डाक्टर दिपक शाक्य नियुक्त भएका छन् ।

 

वीरगन्ज पब्लिक कलेजका प्रबन्ध निर्देशक समेत रहेका प्राध्यापक डा.  शाक्य मधेस विश्व विद्यालयको उपकुलपतिमा नियुक्त भएका हुन् ।

मधेस विश्वविद्यालय ऐन २०७९ को दफा १९ को उपदफा २ बमोजिम मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शाक्यलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री राउतले प्राध्यापक डा. शाक्यलाई नियुक्ती पत्र हस्तान्तरण गर्दै आफ्नो पदअनुसारको कर्तब्य पालना गर्न पनि आग्रह गरेका छन् । लामो समयसम्म शैक्षिक क्षेत्रमा सक्रिय रहेका शाक्यले मधेस विश्वविद्यालयको गतिविधि पनि चलायमान बनाएर गरिमा बढाउने मुख्यमन्त्री राउतको बिश्वास छ ।

 

उपकुलपतिमा नियुक्त भएसँगै शाक्यले प्रतिक्रिया दिँदै आफ्नो जिम्मेवारी ईमान्दारीतापुर्वक निर्वाह गर्ने बताएका छन् । झण्डै तीन दशक लामो आफ्नो अनुभव र ज्ञानको भरपुर सदुपयोग गरेर उदाहरणीय काम गरेर देखाउने उनको प्रतिबद्धता छ ।

The post मधेस विश्व विद्यालयको उपकुलपतिमा डा. शाक्य नियुक्त appeared first on Madhes Khabar.



यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3