Menu

आजको मौसम

बीरगंज उद्योग वाणिज्य संघका अध्यक्षमा गुप्ता सर्वसम्मत

Author
Trilok Khabar |
March 15, 2021
Featured

बीरगंज । वीरगन्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सुबोध कुमार गुप्ता सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

वीरगन्जमा सम्पन्न सङ्घको ४५औँ वार्षिक साधारण सभाले सङ्घको अध्यक्षमा गुप्तालाई सर्वसम्मत चयन गरेको हो ।

संघका ३५ जना कार्यसमिति यसअघि निर्विरोध चयन गरिएकोमा ती मध्येबाट पदाधिकारीहरूको गए राति घोषणा गरिएको हो ।

अध्यक्षमा गुप्ताका साथै महासचिवमा मनोजकुमार दास, वाणिज्य सचिवमा आशिष लाठ, प्रथम उपाध्यक्षमा अनिलकुमार अग्रवाल, सहसचिवमा सुशान्त चाचान र अनोज रुगटा पनि निर्विरोध चयन हुनुभएको छ ।

सहमति मै संघका सबै पदाधिकारी र सदस्यहरूको चयन गर्ने भनिए पनि द्वितीय उपाध्यक्ष, उद्योग सचिव, कोषाध्यक्ष र सह कोषाध्यक्ष गरी ४ पदका लागि भने निर्वाचन नै गर्नु परेको थियो ।

हिजो भएको निर्वाचनमा द्वितीय उपाध्यक्षमा हरिप्रसाद गौतम, उद्योग सचिवमा अरविन्द अमात्य, कोषाध्यक्षमा गोविन्द साह र सह कोषाध्यक्षमा प्रेमचन्द गोयल निर्वाचित हुनुभएको छ ।

द्वितीय उपाध्यक्षमा हरिप्रसाद गौतम र सुनिलकुमार खेतानबीच चुनावी प्रतिस्पर्धा भएको थियो । जसमा गौतमलाई २६ मत र खेतानलाई ६ मत मात्रै परेको थियो ।

उद्योग तर्फको सचिवमा अरविन्द अमात्यलाई २२ र सुरेश रुंगटालाई ९ मत परेको थियो । कोषाध्यक्षमा गोविन्दप्रसाद शाह २ मतले विजयी हुनुभएको छ । साहलाई १७ र नवनित अग्रवाललाई १५ मत परेको थियो ।

सह कोषाध्यक्षमा प्रेमचन्द्र गोयल निर्वाचित हुनुभएको छ । गोयलको पक्षमा २७ र अर्का उम्मेदवार अङ्कित खेतानको पक्षमा भने ५ मत मात्रै परेको थियो ।

यस्तै सङ्घको सदस्यहरूमा नरेशकुमार टिबडेवाल, अवधेशकुमार सरावगी, सुमनकुमार क्याल, यशकुमार अग्रवाल, मनोजकुमार शर्मा, नवनीत अग्रवाल, निरज अग्रवाल, दिपककुमार टिबडेवाल, सिद्धार्थ धुरका, मुरली जालान, अंकितकुमार खेतान, माधव राजपाल, सुनिलकुमार खेतान, रविन्द्रकुमार वर्णवाल, शिवजीप्रसाद साह कलवार, सुरेशकुमार रुँगटा, शुभमकुमार खण्डेलवाल, प्रभात रुँगटा, विकासकुमार क्याल, हेमन्त कुमार वैद्य, प्रकाशकुमार खण्डेलवाल, विनय काबरा, सौरभ केडिया र प्रमोदकुमार चौरसिया पनि सर्वसम्मत चयन हुन भएको  प्रमुख निर्वाचन अधिकृत अधिवक्ता बालमुकुन्द खरेलले जानकारी दिनुभयो । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3