Menu

आजको मौसम

ठगी आरोपमा पक्राउ परेका व्यवसायी जाटिया अस्पताल भर्ना

Author
Trilok Khabar |
March 15, 2021
Featured


वीरगंज : वीरगंज महानगरपालिका–२ छपकैयास्थित श्रीराम कोलोनीको जग्गा ठगी प्रकरणमा प्रहरीले पक्राउ गरेका प्रेम जाटिया अस्पतालमा भर्ना भएका छन्। गत शनिवार उनी नारायणी अस्पतालमा भर्नाको लागि गएको र त्यहाँका चिकित्सकले उनलाई वयोधा अस्पताल रेफर गरेका थिए।

जाटिया उच्च रक्तचाप र युरिक एसिडको समस्या झेल्दै औषधि सेवन गर्दै आएको नारायणी अस्पतालका चिकित्सकले बताएका छन्। नारायणी अस्पतालले रक्तचाप र युरिक एसिडको उपचार गर्न असमर्थता देखाउँदै उपयुक्त उपचारको लागि वीरगंज, गण्डकस्थित वयोधा अस्पताल रेफर गरेको हो।

 नारायणी अस्पतालका मेसु डा सन्जय ठाकुरले अस्पतालमा उच्च रक्तचाप र युरिक एसिडको उपचार सम्भव भएको बताए पनि अन्य कारणले रेफर गरिएको हुन सक्ने बताए। उनले रेफर गर्ने चिकित्सकको नाम भने सार्वजनिक गरेनन्।

पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जाटिया वयोधा अस्पतालमा भर्ना भएको पुष्टि गरे। उनले हिरासतमा रहेका व्यक्तिको स्वास्थ्य उपचार अधिकार प्रयोग गरेर अस्पतालमा भर्ना भएको र त्यहाँबाट उपचार सकेर डिस्चार्ज भएपछि प्रहरी कार्यालयमा बयान लिने तथा कारबाई प्रक्रिया अगाडि बढाउने बताए।

२०६० सालमा श्रीराम कोलोनीको जग्गा गोपाल अग्रवालले खरीद गरेका थिए। मालपोत तथा भूमिसुधार कार्यालयका कर्मचारीको मिलेमतोमा मोही गायब गरी पुनः सो जग्गा २०६२ सालमा प्रेम जाटियाले खरीद गरेका थिए। १७ वटा कित्तामा बिक्री भएको सो जग्गा १५ वर्षपछि मोही हक लाग्नेहरूले खोजीनीति गरेर पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए। जसको कारण अहिले जाटियाबाट खरिद गरेको जग्गा धनीहरु मर्कामा परेका छन्। उनीहरुले जग्गा किन्दा मोही वाला महल खाली रहेको र हाल मोहीवाला व्यक्तिहरुले हकभोगको लागि अदालतमा मुद्दा दायर गरेपछि श्रीराम कोलोनीको जग्गा खरीद गरी भवन निर्माण गरेका व्यक्तिहरूले जिल्ला प्रहरी कार्यालय, पर्सामा सङ्गठित ठगी मुद्दा दायर गर्दै ठगी गर्ने योजना बनाएका जाटियासहित अन्य उपर उजुरी गरेका छन्।

यो जग्गा प्रकरणमा प्रहरीले प्रेम जाटियालाई पक्राउ गर्नुका साथै गोपाल अग्रवाल र मालपोत र भूमिसुधारका कर्मचारीहरूको खोजी गर्दैछ। जग्गा खरीद–बिक्रीमा संलग्न कर्मचारीसमेतलाई कारबाहीको दायरामा राखिएको छ। प्रेम जाटियाले वीरगंज २८ बगहीमा एक वर्षदेखि रियल स्टील प्रालि सञ्चालन गरेका छन्। उनको वीरगंज कोरिडोरको एक औषधी उद्योगमा पनि लगानी रहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3