Menu

आजको मौसम

उपभोक्ता ठग्ने ४ पसललाई १ लाख ७० हजार जरिवाना

Author
Trilok Khabar |
March 04, 2021
Featured

वीरगंज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, पर्साको नेतृत्वमा खटिएको बजार अनुगमन टोलीले आज सर्लाहीको हरिवन बजारमा कालोबजारी गर्ने तथा आम उपभोक्तालाई ठगी गर्ने ४ वटा पसललाई कारबाही गरेको छ ।

उपभोक्ता ठगी गर्ने ४ पसललाई १ लाख ७० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त प्रमुख जित बहादुर भण्डारीको नेतृत्वमा इलाका प्रशासन कार्यालय हरिवन सर्लाही, इलाका प्रहरी कार्यालय हरिवन, हरिवन नगरपालिकाको कार्यालय, नगर उद्योग वाणिज्य सङ्घ हरिवनका प्रतिनिधि सहितको टोलीले बजार अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा मूल्य सूची नराखेको र उपभोक्तालाई ठगी गरेको भेटिएपछि मोहन किराना पसल–हरिवन, न्यु दीपक बस्त्रालय–हरिवन, सुयोग ट्रेडर्स–हरिवनलाई ५०/५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

त्यस्तै निशा हार्डवेयर–हरिवन सर्लाहीले अनुगमन कार्यमा असहयोग गरेकोले २० हजार रुपैयाँ जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय को सूचना अधिकारीले जानकारी दिनभयो । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3