Menu

आजको मौसम

प्रदेश नंं २ का माओवादी केन्द्रका चार प्रदेशसभा सदस्य पदमुक्त

Author
Trilok Khabar |
April 12, 2021
Featured

जनकपुरधाम, ३० चैत । 
नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका प्रदेश नंं २ का ४ जना प्रदेश सभाका सदस्यहरू पदमुक्त भएका छन् ।
नेकपा माओवादी केन्द्रले २४ घण्टा भित्र पार्टीमा फर्किनका लागि स्पष्टीकरण माग गरेकोमा चित्त बुझदो स्पष्टीकरण नआएको र पार्टीमा फर्किने कुनै संंकेत नदेखिएको भन्दै पार्टीले प्रदेश सभाका सदस्यहरू रामचन्द्र मण्डल, ज्वाला कुमारी साह, कुन्दन प्रसाद कुशवाहा तथा महम्मद समीरलाई पदमुक्त गरेको पत्र प्रदेश सभाका सचिवालयमा दर्ता भएको सचिव रञ्जित यादवले जानकारी दिनुभयो ।
आजको प्रदेश सभाको बैठकमा सभामुख सरोज यादवले उक्त पत्र पढेर सुनाएपछि विधिवत रूपमा पदमुक्त हुने सचिव यादवले जानकारी दिनु भयो ।
प्रदेश नंं २ मा नेकपा माओवादी केन्द्रको ११ जना प्रदेश सभाका सदस्य रहेकोमा ४ जना निष्कासित भएपछि अव ७ जना मात्र बाँकी रहेको छ ।
पदमुक्त भएका रामचन्द्र मण्डल धनुषा निर्वाचन क्षेत्र नंं १ को २, ज्वल कुमारी साह बारा जिल्लाको निर्वाचन क्षेत्र नंं ३ को १ र कुन्दन प्रसाद कुशवाहा रौतहटको निर्वाचन क्षेत्र नंं ३ को २ वाट नेकपा माओवादी केन्द्र वाट प्रत्यक्ष निर्वाचित प्रदेश सभाका सदस्य रहेका थिए भने महम्मद समीर बारा जिल्लाका समानुपातिक तर्पmका प्रदेश सभाका सदस्य रहेका थिए ।
पदमुक्त भएका चारै जना प्रतिनिधि सभा विघटनका सिफारिस भएदेखि नै नेकपा एमालेमा सक्रिय रूपमा लागेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3