स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

पत्रकार महासंघ निर्वाचन सम्पन्न, मतगणना जारी

SHARE:

वीरगंज, २५ चैत । 
नेपाल पत्रकार महासंघको नया" नेतृत्वका लागि भएको मतदान सम्पन्न भएको छ । बिहान ९ बजेदेखि वीरगंजमा शुरू भएको मतदान दिउ"सो ५ बजे सम्पन्न भएको हो । मतगणनाको मतपरिणाम आजै अबेररातिसम्म आईसक्ने जनाइएको छ ।
पर्सा जिल्ला कार्यसमितिका १ सय ४० जनाले मतदान गरेका छन् । केन्द्र, प्रदेश र शाखाको नया" कार्यसमिति चयनका लागि एकै पटक मतदान एको हो । मतदानका लागि अपराह्न चार बजेसम्मको समय तोकिएको भएपनि एक जना मतदाता समयमा नआएका कारण मतदान सा"झ ५ बजे मात्र सकिएको थियो । यसपटक इतिहासमै पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत महासंघको नेतृत्व चयन हु"दैछ ।
देशभरबाट १३ हजार १ सय ८० पत्रकारहरूले तीन वर्षे कार्यकालका लागि आफ्नो नेता चुन्ने छन् । वीरगंज निर्वाचनमा २ वटा प्यानलबाट उम्मेदवारी परेको छ । प्रेस चौतारी र प्रेस संगठन, मधेशी पत्रकार समाज, प्रेस मञ्च र प्रेस युनियनको गठबन्धन गरी २ वटा प्यानल निर्वाचनमा उत्रिएका हुन् । जसअन्र्तगत विभिन्न १५ पदका लागी ५९ जनाले मनोनयन दर्ता गराएका छन् ।
अध्यक्ष पदको उम्मेदवारमा प्रेस चौतारीबाट अनुप तिवारी र ४ संगठनको गठबन्धनबाट रितेश त्रिपाठी उम्मेदवार बनेका छन् । उपाध्यक्षका लागि प्रेस चौतारीबाट युबराज खड्का, गठबन्धनबाट राघव साह र शेखर बहादुर क्षेत्री (छतकुली) उम्मेदवार बनेका छन् ।
यस्तै महिला उपाध्यक्षका लागि गठबन्धनबाट निलिमा पौडेल र प्रेस चौतारीबाट सुष्मा शर्मा उम्मेदवार बनेका छन् । सचिबको लागि गठबन्धनबाट क्रान्ती साह र चौतारीबाट भुषण यादव उम्मेदवार बनेका छन् ।
गठबन्धनबाट मनोज कुमार पटेल, स्वतन्त्रबाट सुरेश बिडारी र चौतारीबाट जियालाल साहले सहसचिबमा उम्मेदवार बनेका छन् । भने समावेशी सहसचिवमा जितेन्द्र साह र अमित कुमार साह उम्मेदवार बनेका छन् ।
कोषाध्यक्षको पदमा संजिव कुमार मिश्र र निरज पिठाकोटे मगर उम्मेदवार बनेका छन् । महिला सदस्यमा कविता खड्का र बिमला गुप्ता उम्मेदवार बनेका छन् । दलित सदस्यमा छेदीराम (सुवाष) राम निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी आदीवासी जनजाती सदस्यमा २ जना, मधेशी सदस्यमा ३ जना, अन्य समावेश सदस्यमा २ जना र अन्य सदस्यमा १३ जना उम्मेदवार बनेका छन् । केन्द्रिय परिषद सदस्यमा ८ जना, प्रदेश परिषद सदस्यमा १५ जना उम्मेदवार बनेका छन् ।
केन्द्रका अध्यक्ष पदका लागि केन्द्रमा विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । पोखरेल प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव नेपाल समूह) सहित ११ वटा संगठनको साझा उम्मेदवारको रूपमा छन् ।
शर्मा प्रेस चौतारी (केपी ओली समूह) सहितको गठबन्धनबाट उम्मेदवार छिन् । उनीहरूबीच कडा टक्कर हुने अनुमान छ । अध्यक्ष पदका लागि स्वतन्त्र रूपमा गजेन्द्रसिंह बुढाथोकी पनि प्रतिस्पर्धामा उत्रिएका छन् ।
पोखरेल प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, समावेशी उपाध्यक्षमा उदय जीएम र महिला उपाध्यक्षमा बाला अधिकारी उम्मेदवार छन् । रोशन पुरी महासचिवको उम्मेदवार छन् । यो प्यानलबाट सचिव पदमा गोविन्द चौलागाई (खुल्ला), पवन आचार्य (एशोसिएट), सिर्जना अर्याल (महिला), नारायण किलम्बु (आदिवासी जनजाती), दिपेन्द्र चौहान (मधेसी), हेमकर्ण विक (दलित) उम्मेदवार छन् । यसैगरी कलेन्द्र सेजुवाल कोषाध्यक्ष र लेखनाथ न्यौपाने लेखा संयोजकमा उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: पत्रकार महासंघ निर्वाचन सम्पन्न, मतगणना जारी
पत्रकार महासंघ निर्वाचन सम्पन्न, मतगणना जारी
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj74dcPkv_JBaaZe3kr3LpZHKokcpFFQPf1k6_xZ5nTn8Glz3e_5hGxlZy8lAsCjrdRXzX3otO5Q7Z6JvnWTrcvQhuAQK9ugY5oEQxe1uZn-Uck8yBgcbcMNk12WVFF5l6dAmKMekYbxQce/s320/matagarana-779335.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj74dcPkv_JBaaZe3kr3LpZHKokcpFFQPf1k6_xZ5nTn8Glz3e_5hGxlZy8lAsCjrdRXzX3otO5Q7Z6JvnWTrcvQhuAQK9ugY5oEQxe1uZn-Uck8yBgcbcMNk12WVFF5l6dAmKMekYbxQce/s72-c/matagarana-779335.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2021/04/blog-post_26.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/04/blog-post_26.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content