Menu

आजको मौसम

विमानस्थलमा सुन तस्करीको नयाँ शैलीः कुकरको तल्लो भागमा करिब १ किलो सुन भेटियो

Author
Trilok Khabar |
April 07, 2021
Featured

काठमाडौः करिब एक किलो सुन सहित प्रहरीले विमानस्थलबाट एक युवकलाई नियन्त्रणमा लिएको छ।

विमानस्थलमा खटिएको प्रहरी र विमानस्थल भन्सार कार्यालयको टोलीले मंगलबार राती नियन्त्रणमा लिएको हो। धनुषाका प्रकाश महरालाई नियन्त्रणमा लिएको त्रिभुवन विमानस्थलका प्रहरी एसएसपी राजेश बाँस्तोलाले जानकारी दिए।

' शङ्कास्पद गतिविधि देखियो त्यही क्रममा चेक गर्दा सुन फेला परेको हो। थप अनुसन्धान भइरहेको छ,' एसएसपी बाँस्तोलाले भने।

उनी मङ्गलवार राती फ्लाइ दुवईको उडानबाट काठमाडौं ओर्लिएका थिए। सुरुमा प्रहरीले उनको साथमा रहेको ५० ग्रामको सुनको बाला नियन्त्रणमा लिएको थियो। त्यसपछि पनि स्क्रिनिङ मेसिनमा सुन देखिएको थियो। तर उनको झोला खोज्दा काही कतै केही भेटिएन। पछि उनले ल्याएको राइस कुकुरको तल्लो भाग फोडेर हेर्दा सुन भेटिएको थियो।

'कुकुरमा नै कम्पनीबाट नै फिट गरेको जस्तो बुझिन्छ। तर उसलाई सोध्दा आफूलाई केही थाहा नभएको बयान दिएको छ,' एसएसपी बाँस्तोलाले भने। कुकरको तल्लो भागमा  ८ सय ८४ ग्राम सुन फेला परेको थियो।

उनी भरिया मात्र भएको खुलेको छ। दुवईबट ४/५ हजार रुपैयाँ दिएर विमानस्थल बाहिर लिन आउने मानिसलाई सामान दिने सर्तमा पठाएको उनले बयान दिएका छन्। घटनाको थप अनुसन्धान भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3