Menu

आजको मौसम

त्रिपाठी र साह अध्यक्ष र उपाध्यक्षका साझा उमेदवार

Author
Trilok Khabar |
April 03, 2021
Featured

 बीरगन्ज, २१ चैत- नेपाल पत्रकार महासंघ पर्साको चैत २५ गते हुन लागेको निर्वाचनमा पत्रकार सम्बद्ध विभिन्न चार संगठनहरुले गठबन्धन गरेका छन् ।

नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, मधेसी पत्रकार समाज र प्रेस मञ्च नेपाल बीच शनिबार भएको छलफलबाट गठबन्धन गरी निर्वाचन लड्ने सहमति भएको छ । गठबन्धनको साझा उमेदवारको रुपमा नेपाल पत्रकार महासंघ पर्साको अध्यक्ष पदका लागि रितेश त्रिपाठी र उपाध्यक्ष पदका लागि राघव साहलाई साझा उमेदवारको रुपमा अघि सार्ने निर्णय भएको शनिबार जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, प्रेस संगठन नेपाल पर्साका संयोजक निरज पिठाकोटे मगर, प्रेस मञ्च पर्साका अध्यक्ष आरके पटेल र मधेसी पत्रकार समाजका मनोज कुमार मिश्राद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत ४ संगठनले गठबन्धन गरेको जानकारी गराइएको छ ।

शनिबार भएको गठबन्धनबाट अध्यक्ष र उपाध्यक्ष पदका दाबेदारको अन्तिम टुंगो लगाइएको र बाँकी पदका दाबेदारको पनि टुंगो लागि सकेको भए पनि अन्तिम छलफलपछि शनिबार बेलुका सम्म नाम सार्वजनिक गरिने पत्रकार मनोज पटेलले जानकारी दिए ।

यसअघि प्रेस संगठनले अध्यक्षको पदमा राघव साहलाई अघि सारेका थियो । तर गठबन्धनपछि उनि उपाध्यक्ष लड्न सहमत भएका हुन् । पत्रकार आबद्ध ४ वटा संगठनको गठबन्धनसँगै पत्रकार महासंघ पर्साको निर्वाचनमा गठबन्धनका उमेदवारको पल्ला भारी हुने आँकलन गरिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3