Menu

आजको मौसम

सर्लाहीका कोरोना संक्रमित युवकको मृत्यु

Author
Trilok Khabar |
April 25, 2021
१२ वैशाख, जनकपुरधाम । सर्लाहीका एकजना कोरोना संक्रमित युवकको मृत्यु भएको छ । जिल्लाको रामनगर गाउँपालिका ५ बिर्ता बस्ने ३२ वर्षीय इन्द्रजीत रायको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उपचारका लागि ठमाडौंतर्फ लग्ने क्रममा शनिबार उनको बाटोमै मृत्यु भएको परिवारजनलाई उद्धृत गर्दै सर्लाही प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण गिरीले बताए ।

शवलाई नेपाल प्रहरीको समन्वयमा नेपाली सेनाको टोलीले रामनगर गाउँपालिका ५ बिर्ताटोलस्थित कुलोको छेउमा व्यवस्थापन गरेको प्रहरीले जनाएको छ ।

गत वैशाख १० गते बिरामी भएका उनलाई उपचारका लागि नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्ज लगिएको थियो । उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भएका उनको श्वासप्रश्वासमा समस्या थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3