Menu

आजको मौसम

शुक्रवार वीरगंजमा १५६ जनामा कोरोना सङ्क्रमण

Author
Trilok Khabar |
May 14, 2021
Featured

वीरगंज । 
वीरगंजस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा आज बिहान थप १ सय ५६ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२ सय ८८ जनाको पिसीआर परीक्षणको क्रममा १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि हुनेमा १ सय ७ जना पुरूष र ४९ जना महिला रहेका छन् ।
संक्रमित मध्ये १ सय १४ जना पर्सा जिल्लाको रहेका छन् भने बाराका ३२ जना, रौतहटका ८ जना, सर्लाहीका १ जना र महोत्तरीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको डा.दासले बताउनुभयो ।
सङ्क्रमितको उमेर समूह १८ वर्षदेखि ९० वर्षसम्म रहेको र सङ्क्रमितको सिटी भ्यालु १४ दशमलव १ देखि ३५ दशमलव ९ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. दासले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3