Menu

आजको मौसम

दुर्ई बालकको घाँटी रेटेर हत्या

Author
Trilok Khabar |
May 18, 2021
Featured

बारा, ४ जेठ ।
बाराको कलैयामा दुर्ई बालकको घाँटी रेटेर हत्या गरिएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुर निवासी दुर्ई जना बालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
सोही वडा निवासी अब्दुल गफार अन्सारीका दुर्ई छोरा करिब ८ वर्षीय छोरा अमन अन्सारी र करिब १० वर्षीय उस्मान अन्सारीको घाँटी रेटेर हत्या गरिएको जनाइएको छ ।
घटनावारे थाहा पाउन साथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थल पुगेको छ ।
स्थानीयहरूका अनुसार उनीहरूको मंगलवार बिहान मदर्शामा भेटिएको हो । हिजो साँझ खेल्न भनेर घरबाट निस्किएका दुर्ई बालक हिजोदेखि नै सम्पर्कविहीन भएका थिए ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक गौतम मिश्र सहित घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेका छ । मुचुल्का लिएर दुर्ई बालकको शव पोस्टमार्टमको लागि पठाउने तयारी डिएसपी मिश्रले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3