Menu

आजको मौसम

बीरगंजमा थप १ सय ६ जनामा कोरोना सङ्क्रमण पुष्टि

Author
Trilok Khabar |
May 19, 2021
Featured

बीरगंज । बीरगंजस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा थप १ सय ६ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२ सय ८८ जनाको पिसीआर परीक्षणको क्रममा १ सय ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।
सङ्क्रमण पुष्टि हुनेमा ८१ जना पुरुष र २५ जना महिला रहेका छन् ।
सङ्क्रमित मध्ये ७७ जना पर्सा जिल्लाको रहेका छन् भने बाराका १५ जना, रौतहटका ६ जना, सर्लाहीका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको डा.दासले बताउनुभयो ।
सङ्क्रमितको उमेर समूह १५ वर्षदेखि ७५ वर्षसम्म रहेको र सङ्क्रमितको सिटी भ्यालु १५ देखि ३५ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा.दासले जानकारी दिनुभयो ।
यसै गरी नारायणी अस्पताल बीरगंजमा अहिले १ सय ३ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।
जसमध्ये ९ जनाको भेन्टिलेटरमा ७५ जनाको आइसियुमा र २८ जनाको एचडियुमा उपचार भइरहेको नारायणी अस्पतालका सूचना अधिकारी डा.सरोज सिंहले बताउनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3