Menu

आजको मौसम

वीरगंजकी उपमेयर ९१ वर्षीया शान्ति कार्कीले कोरोना जितिन्

Author
Trilok Khabar |
May 20, 2021
Featured

फोटोः मेयर विजय सरावगीले फूलको गुच्छा दिएर उपमेयर कार्कीको स्वागत गर्दै । तस्वीरः सौजन्य
वीरगंज, ६ जेठ । 
वीरगंज महानगरपालिकाकी उपप्रमुख ९१ वर्षीया शान्ति कार्कीले कोरोनालाई परास्त गरेकी छिन् । 
कोरोना संक्रमणपछि वीरगंज महानगरको आइसोलेशनमा भर्ना भइ उपचार गराउंदै आएकी उपप्रमुख कार्की आज बिहान कोरोनामुक्त भई घर फर्केकी हुन् ।  दुर्ई साताअघि उनलाई कोरोना देखिएको थियो ।
बुधवार गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि महानगरका मेयर विजयकुमार सरावगीले उपमेयर कार्कीलाई स्वागत गर्दै घर लगेका हुन् । महानगरको आइसोलेशनमा १३ दिन आइसोलेट भएकी कार्कीको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको मेयर सरावगीले बताए । उपमेयर कार्कीलाई आइसोलेसन बस्दा धेरै समस्या देखिएन। उनको रेखदेख गर्न एक जना चिकित्सक राखिएको र अक्सिजनलगायत केही पनि आवश्यक नभएको बताइन्छ । 
२०७४ सालमा भएको निर्वाचनमा नेपाली कांग्रेसबाट कार्की उपमेयर निर्वाचित भएकी थिइन। कार्की महानगरको उपमेयर निर्वाचित हुने सबैभन्दा बढी उमेरकी व्यक्ति हुन। 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3