Menu

आजको मौसम

ओलीले दिउँसो २ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

Author
Trilok Khabar |
July 13, 2021
Featured

काठमाडौँ,२९ असार । एमाले अध्यक्ष तथा हालै प्रधानमन्त्री पद गुमाएका केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । ओलीले दिउँसो २ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको उनको सचिवालयले बताए।

सर्वोच्च अदालतले संसद विघटन रद्द गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएसँगै ओली मंगलबार बिदा हुँदै छन् ।बिदा हुनुअघि ओलीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

यसैबिच ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएपछि दिउँसो १ बजेका लागि बालुवाटारमा बोलाइएको एमाले स्थायी कमिटि बैठक भने स्थगित गरिएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बैठक स्थगित भएको जानकारी दिएका हुन् ।

बैठकमा सर्वोच्च अदालतको फैसलाको समीक्षा, पार्टी एकता कार्यदलले बुझाएको १० बुँदे सहमति र केन्द्रीय समिति बैठक बोलाउने विषयमा छलफल हुने बताइएकाे थियाे। आन्तरिक किचलोमा रहेको एमालेको एकता प्रक्रियाका लागि ओली तथा नेता माधव नेपाल समूहका नेताहरु रहेको कार्यदलले सहमति गरेको छ।

तर त्यसलाई लिएर विवाद सुरु भइसकेको तथा सर्वोच्चको फैसलापछिको अवस्थालाई लिएर अन्यौल सिर्जना भएका बेला बाेलाइएकाे बैठक स्थगित भएकाे हाे ।

सोमबार सर्वोच्च अदालतले संसद विघटन खारेज गर्दै ६ दिन भित्र प्रतिनिधिसभाको बैठक बोलाउन तथा मंगलबार बेलुका ५ बजेभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3