वीरगन्ज १० साउन । वीरगन्ज महानगरपालिकाले महानगर क्षेत्रमा जथाभावी सडक पेटीमा राखिएका सामग्रीहरु हटाउने अभियानलाई तीब्रता दिएको छ । बाईपास क्षेत्रमा सडक नै अतिक्रमण गरेर जथाभावी अनाधिकृत रुपमा निर्माण सामाग्री, कवाडी सामानहरु महानगरपालिकाले हटाउन थालेको हो । शनिबार महानगरपालिकाले दोश्रो बाईपासक्षेत्रमा पर्ने नगवा चोकदेखि भन्सारसम्म जाने सडक किनारमा राखिएको अनाधिकृत निर्माण सामग्रीहरु गिटी, बालुवा, ढुंगा लगायत हटाएको छ । आईतबार पनि यसलाई निरन्तरता दिदै नयाँ बसपार्कदेखि उत्तरतर्फ सडक किनारमा राखिएका ईटा, गिटी, बालुवा, ढुंगा, टायर लगायत कवाडी सामानहरु हटाएको छ । महानगरपालिकाले सडक पेटीहरुमा अनाधिकृत रुपमा राखिएका सामानहरु हटाउन पटक पटक सूचना जारी गरेपनि स्थानीयले अटेर गरेर नहटाएपछि महानगरपालिकाको सरसफाई शाखाका कर्मचारी, नगर प्रहरी र सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गतको फोहोर व्यावस्थापन गर्ने ठेकेदारको संयुक्त पहलमा सडक पेटीमा राखिएका सामानहरु हटाउने अभियान थालेको महानगरपालिकाका सरसफाई शाखाका इन्चार्ज सर्फुद्दिन मियाँले बताउनुभयो । व्यापार व्यवसायको प्रयोजनका लागि जथाभावी निर्माण सामग्रीहरु राखिदिने र सडक पेटीकै किनारमा सामानहरु भण्डारण गर्ने गर्दा सडकमा दुर्घटनाको जोखिम पनि हुने र सहरको सौन्दर्यतालाई पनि असर पार्ने भएकोले महानगरपालिकाले सामानहरु हटाउन थालिएको नगर प्रहरी इन्चार्ज हरि भुषालले बताउनुभयो । व्यापार व्यावसाय गर्नेहरुले पैसा मात्रै कमाउने तर महानगरको सरसफाईमा भने कुनै चिन्ता नगर्ने तर, सरसफाई भएन भने नगरपालिकालाई दोष दिने खालको प्रवृत्तिले वीरगन्जलाई बदनाम गरेको हुँदा यस्तो बदनामी हुनबाट बच्नका लागि अब सरसफाईलाई कडाईका साथ कार्यान्वयन गरिने इन्चाज भुषाले बताउनुभयो । सडक पेटीमा जथाभावी सामान राखेमा वीरगन्ज महानगरपालिकाको सरसफाई ऐन २०७५ अनुसार कारवाही पनि गरिने बताउनुभयो ।
VISITORS
/fa-fire/ POPULAR$type=one
-
काठमाडौं, २३ जेठ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलाई केही दिनअघि सूचना आयो, कालिमाटीको एक घरमा ठूलो परिणाममा हुण्डी र सटहीको काम भइ...
-
बारा, २३ जेठ । हुन्डी कारोवार गरेको अभियोगमा प्रहरीले एक जना पुरूषलाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले बारा पचरौता नगर...
-
विरगन्ज १९ बैशाख । सप्तरीको डाक्नेश्वरी नगरपालीकामा काङग्रेसको घर घरदैलो कार्यक्रमले निरन्तरता पाइरहेको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित ...
-
वीरगंज, ४ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले एकचालीस लाख पचपन्न हजार रकमसहित हुण्डी कारोवार गर्ने एकजनालाई पक्राउ गरेको जनाएको छ । आज...
-
वीरगंज,१० जेठ बैशाख । बाराको पचरौता नगरपालिकामा जित हात पार्दै नेकपा एमालेले बारा जिल्लामा सबै भन्दा ठूलो दल बनेको छ । मङगलवार सकिएको पचरौत...
-
असोज ३१ वीरगन्ज, बारा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार रामकिशोर यादव र ख बाट प्रदेश सभाका सता गठबन्धनका उम्मेद...
-
वीरगंज २ सोमबार सशस्त्र प्रहरी बल बिअोपी अमरपर्टी नाकावाट लत्ताकपडा , हाडयेवर , भैसी , जुत्ता चप्पल , कब्बाड र चल्लाको तस्करी व्यापक रुपमा ...
-
वीरगंज, २४ जेठ । वीरगंजको रजतजयन्ती र इनर्वा चौकस्थित राखेको गोदामबाट दिनहु 50/60 ठेला कबाडको सामान तस्करीमार्पत भारत पठाउने गरेको स्थानीय...
-
९ असोज,वीरगन्ज। नेपालको राजस्वमा ठूलो योगदान पुर्याउने आर्थिक नगरी वीरगन्ज अहिले तस्करहरूको अखडा बनेको छ।वीरगन्जको छपकैंया बाट खुलम खुल्ला...
-
बारा । बाराको प्रसौनी गाउँपालिका–५ पन्टोकामा पछिल्लो एक महिनादेखि अवैध रूपमा रूपमा जुवा चलिरहे पनि प्रहरी तथा प्रशासनको ध्यान पुग्न सकेको छै...