Menu

आजको मौसम

कुटपिट हुँदा सप्तरीमा एकजनाको मृत्युT

Author
Trilok Khabar |
July 09, 2021
Featured
सप्तरी,२५ असार । वैदेशिक रोजगारीका लागि विदेश जानेका परिवार र विदेश पठाइदिने व्यक्तिबीच भएको कुटपिटमा परी सप्तरीमा एकजनाको मृत्यु भएको छ । खडक नगरपालिका वडा नम्बर ९ लालपट्टी टोलमा वैदेशिक रोजगारमा पठाएकोमा राम्रो काम नपाएको भन्दै विदेश जानेका परिवार र एजेन्टबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय ५८ वर्षीय दाउद मियाँ छन् । कुटपिटबाट टाउकोमा चोट लागेर घाइते भएका उनको छिन्मस्ता अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको सप्तरीका प्रहरी प्रबक्ता माधव प्रसाद काफ्लेले बताए  ।

राजविराज नगरपालिका वडा नम्बर-९ जगदरीका एजेन्ट सनाउल मामाघर लालपट्टी पुगेको बेला छोरालाई वैदेशिक रोजगारीमा पठाएका इजराइल र अख्तरसँग भएको विवाद कुटपिटमा परिणत भएको थियो ।कुटपिटमा संलग्न भएकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3