Menu

आजको मौसम

अस्पतालहरूमा भाइरल फिवरको बिरामीको चाप

Author
Trilok Khabar |
August 04, 2021
Featured

वीरगंज । बारा, पर्सा, रौतहट लगायत मध्य तराईका जिल्लाहरूमा ज्वरो र रुघाखोकीका बिरामीहरू बढेसँगै वीरगंजका अस्पतालहरूमा बिरामीको चाप बढेको छ । 

क्षणभरमै पानी आउने तथा तत्काल प्रचण्ड गर्मी हुने प्रतिकूल मौसमको कारण पनि ज्वरो रुघाखोकीको प्रकोप बढेको चिकित्सकहरूले बताएका छन् । 

कोभिडसँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको सङ्ख्या वीरगंजका अस्पतालहरूमा बढ्न थालेको छ । 

बिरामीमा उच्च ज्वरो तथा रुघाखोकीजस्ता लक्षण देखिएपछि वीरगंजको नारायणी अस्पतालमा सोमबार ५४ जनामा पीसीआर परीक्षण गर्दा  ४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालमा कोभिड संयोजक डा. उदयनारायण सिंहले जानकारी दिनुभयो । संक्रमित मध्ये ३ जना पर्साको र १ जना रौतहटका रहेका छन् । 

डा. सिंहका अनुसार वर्षासँगै गर्मीमा विभिन्न रोगका कीटाणु सक्रिय हुने भएकाले भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । 

नारायणी अस्पतालमा आइपुगेका अधिकांश बिरामीहरू शारीरिक रूपमा कमजोर बालबालिका, वृद्धवृद्धा भाइरल ज्वरो, टाइफाइडबाट प्रभावित रहेका छन् । अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको छ, यो कोभिडको लक्षणभन्दा पनि मौसमी रोग भएको डा. सिंहले बताउनुभयो । 

भाइरल ज्वरोबाट प्रभावित बिरामीहरूको वीरगंजको नारायणी अस्पतालको अलावा नेशनल मेडिकल कलेज शिक्षण अस्पताल, गण्डक अस्पताल, वीरगंज हेल्थ केयर, बयोधा नारायणी, भवानी, एडभान्स मेडिकेयर,  लगायतका एक दर्जन भन्दा बढी अस्पताल तथा चिकित्सकका निजी क्लिनिकहरूमा भिड लाग्ने गरेको छ । 

यसै गरी बारामा पनि कहिले वर्षा र कहिले चर्को घामसँगै मौसम परिवर्तनले भाइरल ज्वरोको प्रकोप बढेको छ । कलैया अस्पतालमा बिरामीको उपचार गर्न स्वास्थ्यकर्मीलाई केही सातादेखि भ्याइनभ्याइ भएको छ । 

बाराको ग्रामीण क्षेत्रमा पनि प्रकोप उत्तिकै छ । अस्पताललगायत कलैयाका निजी स्वास्थ्य क्लिनिकमा पनि बिरामीको चाप बढेको छ । विभिन्न ग्रामीण इलाकामा अहिले भाइरल ज्वरोसँगै सङ्क्रमितमा टाइफाइड देखिएको कलैया अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट गौरव महतोले बताउनुभयो । 

भाइरल ज्वरोबाट एउटै घरका चार÷पाँच जनासम्म बिरामी भई आएको डा. महतोले जानकारी दिनुभयो ।   

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3