Menu

आजको मौसम

पर्साको पोखरीयामा भ्रष्टाचार एवं अनियमितताविरुद्ध अभियान थालियो

Author
Trilok Khabar |
August 04, 2021
Featured

२० श्रावण २०७८, बुधबार
वीरगंज । पर्साको पोखरीया नगरपालिकामा हुने गरेको भ्रष्टाचार एवं अनियमितताविरुद्ध अभियान थालिएको छ ।

पोखरीया स्थितका नेता एवं बुद्धिजीवीहरुले विभिन्न ९ बुंदे माग राख्दै भ्रष्ट्राचारबिरुद्ध धर्ना तथा भण्डाफोर गर्ने संचालन गरेका हुन् ।

स्थानीय नेता नेजामुद्दिन समानीको नेतृत्वमा नेता विभिन्न पार्टीका नेता कार्यकर्ता एवं बुद्धिजीवीहरुले पोखरीया स्थित अस्पतालमा धर्नाको कार्यक्रम गरिरहेका हुन् ।

उनका अनुसार पोखरीया नगरपालिका अन्तर्गत अस्पतालमा धारा एवं बिजुलीको कुनै सामान खरिद गर्दा नगरपालिकाले मात्रै खरिद गर्नुपर्ने बाध्यता छ ।

उक्त गरिदको अधिकार अस्पताल विकास समितिलाई दिनुपर्छ । जसका कारण जहिले पनि अस्पतालमा आवश्यक सामान उपलब्ध नहुँदा आम जनता पीडामा परि रहेकोले उनीहरुको ठम्याइ छ ।

अर्कोतर्फ नगरपालिकाले गोप्य टेण्डर आह्वान गरि भ्रष्टाचारी गरेको उनीहरुको आरोप छ । कक्षा ५ सम्म पढाई हुने विद्यालयमा एउटा शिक्षक मात्रै कार्यरतर हरेको पनि उनीहरुको भनाइ छ ।

स्थानीय सरोकारवालाहरुका अनुसार मठ मन्दिरहरुको निर्माण कार्य हुन सकिरहेका छैनन् । अस्पतालमा अक्सिजन प्लान्टको बजेट आएपनि पनि काम हुन सकेको छैन । भवन निर्माण, एम्बुलेन्स खरिद लगायत सामान खरिदका लागि आएको बजेट फ्रिज भएकोले नगरपालिकाले आफ्नो काम गर्न असफल भएको भन्दै उनीहरुले विरोध गरिरहेका छन्।

पोखरीया अस्पतालको अवस्थामा पनि दयनीय बन्दै गएको उनीहरुको ठहर छ । प्रदेश सरकारले कोरोना परीक्षणको लागि पीसीआर मेसिन दिएपनि नगरपालिकाले हासम्म उक्त मेसिन संचालनमा ल्याउन सकेको छैन ।

सर्वसाधारणले ३५ सय रुपैयाँ तिरेर विमा गराएका छन । तर औषधी पाइरहेका छैनन् । एक्सरे मेशिन विग्रिएको हो र हालसम्म बन्न सकेको छैन । सेवाग्राहीहरु सेवा पाउन सकि रहेको छैन। त्यसैले त्यहाँ हुने गरेको लापरवाहीलाई तत्काल सच्याउनुपर्ने उनीहरुको माग रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3