Menu

आजको मौसम

हत्याको आरोप लागेपछि वडाध्यक्षद्वारा आत्मसमर्पण

Author
Trilok Khabar |
September 29, 2021
Featured

धनुषा, १२ असोज । 
धनुषामा हत्या आरोपित एक वडाध्यक्षले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । सडक विस्तारको क्रममा भएको विवादमा सबैला नगरपालिका–४ का स्थानीय सुमिन्त्रादेवी यादवलाई कुटपिट गरी हत्या गरेको आरोप लागेका सोही वडाका अध्यक्ष पथला भनिने कुशेश्वर ठाकुरले इलाका प्रहरी कार्यालय सबैलामा आत्मसमर्पण गरेका हुन् ।
सो घटनाको ज्यान मार्ने उद्योगका १० जना आरोपितमध्ये फरार रहेका वडाध्यक्ष कुशेश्वर ठाकुरले लामो समयपछि आत्मसमर्पण गरेका हुन् । गत वैशाख १३ मा सडक विस्तारका लागि जग्गाको सीमाना खोजबिनको गर्ने क्रममा भएको विवादमा सुमिन्त्रालाई कुटपिट गरी घाइते बनाइएको थियो । उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा उनको मृत्यु भएको थियो ।
सो घटनामा सुमिन्त्रासहित स्थानीय रामचन्द्र बिराजी, रितिक यादव, दिपक यादव र रंजित यादवसमेत गम्भीर घाइते भएका थिए । तर उपचारको क्रममा सुमित्राको मृत्यु भएपछि परिवारजनले वडाध्यक्ष कुशेश्वरसहित १० जनाविरूद्ध जिल्ला प्रहरी कार्यालय मोरङमै कर्तव्य ज्यान उद्योगमा मुद्दा दर्ता गराएका थिए ।
मोरङ प्रहरीले सो मुद्दा धनुषाको इलाका प्रहरी कार्यालय सबैलालाई गत जेठ १६ मा पठाएको थियो । फरार आरोपीमध्ये वडाध्यक्ष आफै हाजिर भएको इप्रका सबैलाका प्रमुख राजेश सिग्देलले जानकारी दिए ।
प्रहरी नियन्त्रणमा रहेका वडाअध्यक्ष कुशेश्वर विरूद्ध सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको उनको भनाइ छ । पक्राउ परेका वडाध्यक्ष कुशेश्वरले आफू झगडामा सहभागी नरहेको बताए । उनले भने, 'म आफै सरकारी वकिलको सल्लाह अनुसार प्रहरीमा हाजिर भएको हुँ ।'

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3