स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

ललितपुरले बनायो ईपीएलकै ठूलो स्कोर, विराटनगरलाई २२७ रनको लक्ष्य

SHARE:

१५ असोज, काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ मा साविक विजेता ललितपुर प्याट्रिओट्सले अहिलेसम्मकै उच्च स्कोर बनाएको छ ।

सन्दुन विराकोडी र अजमतुल्लाह ओमरजाईको अर्धशतक मद्दतमा ललितपुरले विराटनगर वारियर्स विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै २२६ रन बनाएको हो । विराटनगरले पाएको २२७ रनको लक्ष्य ईपीएलमा अहिलेसम्मकै ठूलो हो ।

विराकोडीले सर्वाधिक ४३ बल खेल्दै १० चौका र ३ छक्का मद्दतमा ७३ रन बनाए । यस्तै आक्रमक ब्याटिङ गरेका ओमारजाईले अविजित ५८ रन जोडे । उनले २४ बल खेल्दै ७ छक्का प्रहार गरे । नारायण जोशीले अन्तिम तीन बलमा लगातार छक्का प्रहार गर्दै ४ बलमा अविजित १८ रन जोडे ।

यसअघि तेस्रो संस्करणमा पोखरा राइनोजले भैरहवा ग्लाडिएटर्स विरुद्ध २१५ रन बनाएको थियो । भैरहवाले उक्त लक्ष्य पूरा गरेको थियो ।

कीर्तिपुरस्थित टीयू मैदानमा विराटनगरका कप्तान करण केसीले टस जितेर ललितपुरलाई ब्याटिङको निम्तो दिएका थिए । सुरुवातदेखि नै आक्रामक ब्याटिङ गरेको ललितपुरले ६ ओभरको पावर प्लेमा नै ७० रन बनाएको थियो । कप्तान कुशल भुर्तेल छैटौं ओभरको अन्तिम बलमा आउट हुनुअघि विराकोडीसँग ७० रनको साझेदारी गरेका थिए ।

यसअघि लगातार तीन खेलमा कमजोर प्रदर्शन गरेका कुशलले विराटनगर विरुद्ध १७ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ३२ रन जोडे ।

कुशल आउट भएपछि योगेन्द्र सिंह कार्कीले तेस्रो नम्बरमा ब्याटिङ गर्दै वारकोडीसँग ४१ रनको साझेदारी गरे । आक्रामक ब्याटिङलाई निरन्तरता दिएका योगेन्द्रले १८ बल खेल्दै १ चौका र ३ छक्का मद्दतमा २७ रन जोडे । पवन सर्राफ २ रन बनाएर आउट भए ।

ललितपुरले खेलमा कूल १९ छक्का र १५ चौका प्रहार गर्दै बाउन्ड्रीबाट मात्रै १७४ रन जोडेको थियो ।

यस्तै पछिल्लो सिजन च्याम्पियन बन्दाका सदस्य जयकिसन कोल्सवालाले १३ रन जोडे । श्रीलंकन ओसादा फर्नान्डोले राम्रो ब्याटिङ गर्न नसकेपछि ललितपुरले उनको स्थानमा कोल्सावालालाई खेलाएको थियो ।

विराटनगरका लागि कप्तान करण केसीले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । यस्तै प्रतिश जिसी, सिकन्दर राजा र दिल्सान मुनाविराले १-१ विकेट लिए ।



https://ift.tt/eA8V8J

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: ललितपुरले बनायो ईपीएलकै ठूलो स्कोर, विराटनगरलाई २२७ रनको लक्ष्य
ललितपुरले बनायो ईपीएलकै ठूलो स्कोर, विराटनगरलाई २२७ रनको लक्ष्य
Trilok Khabar
https://www.trilokkhabar.com/2021/09/blog-post_76.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/09/blog-post_76.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content