Menu

आजको मौसम

नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का उपाध्यक्ष गुप्ताको निधन

Author
Trilok Khabar |
October 23, 2021

लहान । सिरहाका पुराना पत्रकार तथा नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का उपाध्यक्ष रामानन्द गुप्ताको निधन भएको छ ।

लामो समयदेखि रक्तचापको दीर्घरोगी रहनुभएका गुप्ताको ५८ वर्षको उमेरमा उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गत बुधवार हृदयघात भएपछि पत्रकार गुप्तालाई अस्पताल भर्ना गरिएको थियो । 

सिरहा नगरपालिका–१ घर भई लहान नगरपालिका बस्दै आउनुभएका गुप्ता हिमालय टाइम्सलगायत पत्रपत्रिका तथा टेलिभिजनमा कार्य गर्दै आउनुभएको थियो । गुप्ताको पार्थिव शरीरमाथि नेपाल पत्रकार महासङ्घ सिरहा शाखाले झण्डा ओढाएर सम्मान प्रकट गरेको छ । रासस



https://ift.tt/eA8V8J

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3