Menu

आजको मौसम

बेमौसमी वर्षाले पर्सामा दुई हजार हेक्टरको धान बालीमा क्षति

Author
Trilok Khabar |
October 21, 2021
Featured

बीरगंज । बेमौसमी वर्षाका कारण पर्सामा दुई हजारभन्दा बढी हेक्टरको धान बालीमा क्षति पुगेको छ ।

अत्याधीक वर्षाका कारण पर्सा जिल्लाभर करिब २ हजार हेक्टर जमिनको धान खेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुनिलाल प्रसादले बताउनुभयो । 

ज्ञान केन्द्रले दुई दिन स्थलगत निरीक्षण गर्दा ८ हजार ५ सय हेक्टर क्षेत्रमा लगाइएको भदैया धान बालीमध्ये करिब २ हजार हेक्टरको धान बालीमा क्षति पुगेको केन्द्रका प्रमुख मुनिलाल प्रसादले बताउनुभयो । 

किसानले बाली भित्र्याउनका लागि काटेर खेतमा राखेको तथा पाकेर भित्र्याउन तयार भइसकेको भदैया धान बाली वर्षाको कारण नराम्रोसँग क्षति पुगेको छ । 

पर्साको पोखरीया, पर्सा गढी नगरपालिका, जिराभवानी, सखुवाप्रसौनी, पटेर्वासुगौली, ठोरी गाउँपालिकाका अधिकांश जमिनमा भदैया धानको खेती गरिएको थियो । 

वर्षाले ठोरी गाउँपालिकामा वडा नं ५ र ४ मा सुवर्णपुर, विजयवस्ती क्षेत्रमा लगाइएको तोरी बालीसमेत नष्ट भएको ज्ञान केन्द्र प्रमुख मुनिलाल प्रसादले बताउनुभयो ।



https://ift.tt/2XygCXr

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3