![](https://onlineradionepal.gov.np/wp-content/uploads/2021/10/%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%B8%E0%A4%BE%E0%A4%AE%E0%A4%BE-%E0%A5%A8-%E0%A4%B9%E0%A4%9C%E0%A4%BE%E0%A4%B0-%E0%A4%B9%E0%A5%87%E0%A4%95%E0%A5%8D%E0%A4%9F%E0%A4%B0%E0%A4%95%E0%A5%8B-%E0%A4%A7%E0%A4%BE%E0%A4%A8%E0%A4%AC%E0%A4%BE%E0%A4%B2%E0%A5%80%E0%A4%AE%E0%A4%BE-%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%A4%E0%A4%BF.jpg)
बीरगंज । बेमौसमी वर्षाका कारण पर्सामा दुई हजारभन्दा बढी हेक्टरको धान बालीमा क्षति पुगेको छ ।
अत्याधीक वर्षाका कारण पर्सा जिल्लाभर करिब २ हजार हेक्टर जमिनको धान खेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुनिलाल प्रसादले बताउनुभयो ।
ज्ञान केन्द्रले दुई दिन स्थलगत निरीक्षण गर्दा ८ हजार ५ सय हेक्टर क्षेत्रमा लगाइएको भदैया धान बालीमध्ये करिब २ हजार हेक्टरको धान बालीमा क्षति पुगेको केन्द्रका प्रमुख मुनिलाल प्रसादले बताउनुभयो ।
किसानले बाली भित्र्याउनका लागि काटेर खेतमा राखेको तथा पाकेर भित्र्याउन तयार भइसकेको भदैया धान बाली वर्षाको कारण नराम्रोसँग क्षति पुगेको छ ।
पर्साको पोखरीया, पर्सा गढी नगरपालिका, जिराभवानी, सखुवाप्रसौनी, पटेर्वासुगौली, ठोरी गाउँपालिकाका अधिकांश जमिनमा भदैया धानको खेती गरिएको थियो ।
वर्षाले ठोरी गाउँपालिकामा वडा नं ५ र ४ मा सुवर्णपुर, विजयवस्ती क्षेत्रमा लगाइएको तोरी बालीसमेत नष्ट भएको ज्ञान केन्द्र प्रमुख मुनिलाल प्रसादले बताउनुभयो ।
https://ift.tt/2XygCXr
प्रतिक्रिया लेख्नुहोस्