![](https://onlineradionepal.gov.np/wp-content/uploads/2021/10/%E0%A4%AD%E0%A5%8B%E0%A4%9C%E0%A4%AA%E0%A5%81%E0%A4%B0%E0%A5%80-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A4%BF%E0%A4%B7%E0%A5%8D%E0%A4%A0%E0%A4%BE%E0%A4%A8%E0%A4%95%E0%A5%8B-%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B2%E0%A4%AF-%E0%A4%89%E0%A4%A6%E0%A5%8D%E0%A4%98%E0%A4%BE%E0%A4%9F%E0%A4%A8-2-1024x462.jpg)
वीरगन्ज । भोजपुरी भाषा, कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ बीरगंज महानगरपालिकाद्वारा स्थापना गरिएको भोजपुरी प्रतिष्ठानको कार्यालयको आज एक समारोहका बीच उद्घाटन गरिएको छ ।
बीरगंज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले तत्कालीन रात्रि मावि रहेको भवनमा भोजपुरी प्रतिष्ठानको कार्यालय स्थापना गरी उद्घाटन गर्नु भएको हो ।
बीरगंज महानगरपालिकाले भोजपुरी प्रतिष्ठानको आफ्नै भवन निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरी भवन निर्माणको समेत शिलान्यास सम्पन्न भई सकेको छ । भवन निर्माण नहुँदा सम्म रात्रि माविमा प्रतिष्ठानको कार्यालय सञ्चालनमा रहने नगर प्रमुख सरावगीले बताउनुभयो ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2021/10/%E0%A4%AD%E0%A5%8B%E0%A4%9C%E0%A4%AA%E0%A5%81%E0%A4%B0%E0%A5%80-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A4%BF%E0%A4%B7%E0%A5%8D%E0%A4%A0%E0%A4%BE%E0%A4%A8%E0%A4%95%E0%A5%8B-%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B2%E0%A4%AF-%E0%A4%89%E0%A4%A6%E0%A5%8D%E0%A4%98%E0%A4%BE%E0%A4%9F%E0%A4%A8-1-1024x462.jpg)
सो अवसरमा महानगरपालिकाद्वारा भोजपुरी प्रतिष्ठानको अध्यक्षमा उमाशङ्कर द्विवेदी सहित प्रतिष्ठानका अन्य सदस्यलाई महानगरपालिकाले नियुक्त गरी सकेको छ ।
महानगरपालिकाद्वारा स्थापना गरिएको भोजपुरी प्रतिष्ठान नेपालमै पहिलो भोजपुरी भाषा, कला संस्कृतिको उत्थानको लागि स्थापना गरिएको प्रतिष्ठान भएको भोजपुरी साहित्यकार एवं प्रतिष्ठानका अध्यक्ष द्विवेदीले बताउनुभयो ।
https://ift.tt/3Ak9I5q
प्रतिक्रिया लेख्नुहोस्