स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

नेपालमा उड्दैछन् चार दशक पुराना जहाज

SHARE:

१७ असोज, काठमाडौं । नेपालमा जब विमान दुर्घटना हुन्छ, उडान सुरक्षामा प्रश्न उठ्छ । सरकारले एउटा छानबिन समिति बनाउँछ, समितिले केही समय लगाएर प्रतिवेदन दिन्छ, सकिन्छ । हरेक पटक यही नियति दोहोरिन्छ ।

११ असोजमा बुद्ध एयरको विमान ल्याण्डिङ गियरसम्बन्धी समस्याका कारण अवतरण हुन सकेन । यस पटक पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा समिति बनाएको छ ।

समितिले नेपालमा सञ्चालनमा रहेका वायुसेवा कम्पनीहरुको भौतिक, यान्त्रिक तथा अभिलेखीय अवस्थाको अध्ययन, अवलोकन र अनुसन्धान गर्ने जिम्मेवारी पाएको छ ।

के छ नेपाली विमानहरुको अवस्था ?

समितिले के प्रतिवेदन दिन्छ, अहिले नै अनुमान गर्न हतार हुन्छ । तर नेपाली आकासमा उडिरहेका थुप्रै विमान भने तीन/चार दशक पुरानो भएको पाइएको छ ।

नेपाली आकासमा अहिले उडिरहेका जहाजको आयु केलाउँदा चार दशक अगाडिसम्म पुगिन्छ ।

नेपालमा उडान भरिरहेको सबभन्दा पुरानो जहाज हो, तारा एयरको डीएचसी ६/३०० । दुर्गम भेगमा उडान गरिरहेको यो जहाज ५ अपि्रल १९७९ मा बनेको हो ।

नेपाल एयरलाइन्ससँग पनि अर्को पुरानो जहाज छ, ट्वीनअटर डीएचसी-६ । सन् १९८४ मा किनेका यस्ता तीन वटा जहाज छ नेपाल एयरलाइन्ससँग । एउटा उड्न नसक्ने अवस्थामा छ भने अन्य २ वटा जहाज भने अहिले पनि उडानयोग्य अवस्थामा छन् । हवाई विज्ञहरुका अनुसार ट्वीनअटर जहाज यस्तो एयरक्राफ्ट हो, जसको आयु तोकिएको छैन ।

हवाई विज्ञहरुका अनुसार ट्वीनअटर जहाज यस्तो एयरक्राफ्ट हो, जसको आयु तोकिएको छैन ।

आन्तरिक उडान गर्ने अर्को कम्पनी सीता एयरसँग पनि तीन दशकभन्दा पुरानो जहाज छ ।

डोर्नियरले सन् १९८१ देखि १९९८ को बीचमा कुल २४५ वटा जहाज निर्माण गरेको थियो । सीता एयरसँग त्यही सिरिजमा उत्पादन भएका चार वटा ‘डोर्नियर डीओ-२२८’ जहाज छन् । कम्पनीका वरिष्ठ महाप्रवन्धक घनश्याम राज आचार्यका अनुसार सबै जहाजमा आयु (उडान-अवतरणको संख्या र उडान अवधि) तोकिएको छ र त्यो पुरा नभएसम्म चल्छन् । त्यसपछि भने जहाजलाई कबाडीमा बेच्नु पर्छ वा अन्य प्रयोजनमा प्रयोग गर्नुपर्छ ।

गुण एयरलाइन्ससँग भएको जेटस्ट्रीम जहाज पनि तीन दशक पहिला नै निर्माण भएका हुन् । बि्रटिस एरोस्पेसले सन् १९९२ मा खरीद गरेका यी जहाज यतिले १९९८ मा नेपाल भित्राएको हो । यतिबाट लिएर अहिले गुणले उडाइरहेको छ । गुणले यसअघि सिमि्रक एयरलाइन्सले उडाइरहेका बीचक्राफ्ट १९०० जहाज समेत सन्चालनमा ल्याएको छ । यी मोडेलका जहाज समेत १९८२-२००२ सम्म मात्र भएको हो । त्यसपछि उत्पादन नै बन्द भयो ।

बुद्ध एयरसँग पनि दुई दशक पुराना जहाज

बुद्ध एयरसँग पनि साढे २ दशक पुराना जहाज छन्, यो एटीआर ४२ सिरिजको जहाज हो । सबैभन्दा पछिल्लो पुस्तको जहाज भने एटीआर ७२ मा भित्राइएको छ । यो सन् २०१० मा बनेको थियो । यो जहाज बुद्धले यसै वर्ष नेपाल ल्याएको हो ।

एयरक्राफ्ट     नेपालमा दर्ता नम्बर   निर्माण भएको वर्ष    नेपालमा सञ्चालनमा आएको वर्ष   
एटीआर ७२-५०० ९एन-एजेओ १९९७ २०१०
एटीआर ७२-५०० ९एन-एजेएस १९९७ २०११
एटीआर ७२-५०० ९एन-एजेएक्स १९९९ २०१२
एटीआर ७२-५०० ९एन-एएमडी २००६ २०१७
एटीआर ७२-५०० ९एन-एएफएम २००७ २०१८
एटीआर ७२-५०० ९एन-एएमयू २००७ २०१८
एटीआर ७२-५०० ९एन-एएमवाई २००७ २०१९
एटीआर ७२-५०० ९एन-एएनआई २००७ २०१९
एटीआर ७२-५०० ९एन-एएनएच २०१० २०२१
एटीआर ७२-५०० ९एन-एजेएल २०१० २०२१
एटीआर ४२-३२० ९एन-एआईएम १९९५ २००८
एटीआर ४२-३२० ९एन-एआइएन १९९५ २००८
एटीआर ४२-३२० ९एन-एआइटी १९९६ २००६
बीचक्राफ्ट १९००डी ९एन-एईई १९९७ १९९७
बीचक्राफ्ट १९००डी ९एन-एईडब्यू १९९८ १९९८

यति एयरलाइन्ससँग रहेका जहाज

यतिसँग रहेका जहाजमध्ये सबैभन्दा पुरानो जहाजको आयु १४ वर्ष रहेको छ । बुद्धको तुलनामा यति निकैपछि अर्थातः २०१७ बाट मात्र एटीआर जहाजमा प्रवेश गरेको हो ।

एयरक्राफ्ट     नेपालमा दर्ता नम्बर   निर्माण भएको वर्ष    नेपालमा सञ्चालनमा आएको वर्ष   
एटीआर-७२ ९एन-एएमएन २००९ २०१७
एटीआर-७२ ९एन-एएमएम २००७ २०१७
एटीआर-७२ ९एन-एएलएन २००८ २०१८
एटीआर-७२ ९एन-एएनसी २००७ २०१९
एटीआर-७२ ९एन-एएनजी २००७ २०१९

श्री एयरलाइन्ससँग रहेका जहाज

निजी क्षेत्रको अर्को कम्पनी श्री एयरलाइन्ससँग रहेका जहाजमध्ये कतिपयको १९ वर्ष आयु पूरा भइसकेको छ । यो कम्पनीले बम्बाडियर सीआरजे एयरक्राफ्ट भित्राएर उडान थालेको थियो । सन् १९९९ बाटै हेलिकोप्टर सेवा दिएको यो कम्पनीले सन् २०१७ बाट नियमित हवाई उडान थालेको हो ।

एयरक्राफ्ट     नेपालमा दर्ता नम्बर   निर्माण भएको वर्ष      नेपालमा सञ्चालनमा आएको वर्ष   
सीआरजे-२०० ९एन-एएमए २००३ २०१७
सीआरजे-२०० ९एन-एएमसी २००२ २०१७
सीआरजे-७०० ९एन-एएमबी २००२ २०१७
सीआरजे-७०० ९एन-एएमओ २००६ २०१८
क्यू-४०० ९एन-एएनई २००७ २०१९
क्यू-४०० ९एन-एएनएफ २००७ २०१९

सौर्य एयरलाइन्ससँग रहेका जहाज र तिनको आयु

एयरक्राफ्ट     नेपालमा दर्ता नम्बर   निर्माण भएको वर्ष      नेपालमा सञ्चालनमा आएको वर्ष   
सीआरजे-२०० ९एन-एएलई २००१ २०१४
सीआरजे-२०० ९एन-एएमई २००३ २०१७

वायुसेवा सञ्चालक कम्पनीहरुले विमान निर्माता कम्पनी तथा नियमन गर्ने निकायले जारी गरेको दिशा-निर्देशलाई अक्षरशः पालना गर्नुपर्छ । नभए दण्डित गरिन्छ । एटीआर जहाजको सामान्यतया आयु ७० हजार घण्टा हो ।

३५ हजार घण्टा उडान पूरा भएपछि इन्जिनको पूर्णचेक गरिन्छ । जसलाई सीचेक भन्ने गरिन्छ । कम्पनीका अनुसार धेरै उडान गरेमा यस्तो जहाजको आयु छिटो सकिन्छ, कम उडान गरेमा धेरै वर्षसम्म जहाज टिक्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वउपमहानिर्देशक देवानन्द उपाध्यायका अनुसार वायुयानमा जडान गरिएका हरेक पार्टपूर्जाको पनि छुट्टाछुट्टै आयु हुन्छ । त्यो आयु पूरा हुनासाथ वायुसेवा प्रदायक कम्पनीले सो पार्टपूर्जा अनिवार्य रुपमा मर्मत वा परिवर्तन जे गर्नुपर्ने हो, त्यो गर्नैपर्छ ।



https://ift.tt/eA8V8J

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: नेपालमा उड्दैछन् चार दशक पुराना जहाज
नेपालमा उड्दैछन् चार दशक पुराना जहाज
Trilok Khabar
https://www.trilokkhabar.com/2021/10/blog-post_37.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/10/blog-post_37.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content