
पचरौतामा जसपा नेपालको नगर अधिवेशन सम्पन्न।अध्यक्षमा कुशेश्वर साह बनिया चयन
Trilok Khabar
|
April 03, 2025
बारा ,चैत २१ जसपा नेपाल पचरौताको दोस्रो नगर अधिवेशन बुधवार वडा न•१ पिपरपाती को पार्टी प्यालेसमा सम्पन्न भएको छ।पुर्व नगर प्रमुख रमेश यादवको सभापतित्वमा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि जसपा नेपालका केन्द्रीय सदस्य रामकिशोर यादवले मधेसी जनताको त्याग र बलिदानी को बल स्थापित जनता समाजवादी पार्टीलाई पचरौतामा अझै मजबुत बनाउने बताए। सो कार्यक्रम सभापति रमेश यादवले भष्टचार र गलत गतिविधिमा लिप्त रहेको पचरौता सरकारलाई जनता सामु पर्दाफास गर्दै जाने बताए।सो कार्यक्रममा जसपा नेपालका रामबालक यादव, अवधभुषण यादव,अखिलेस यादव , देवनारायण चौधरी ,लगाएतका व्यत्तिहरू आ-आफ्नो मन्तव्य राखेको थियो। अधिवेशनको बन सत्रले कुशेश्वर साह बनियाको नेतृत्वमा ६१ सदस्यीय नगर कमिटी सर्व सम्मतले चयन गरेको छ। उपाध्यक्ष बिनोध प्रसाद यादव , लालबाबु प्रसाद यादव सचिव दिनेश्वर राय यादव सह सचिव साहेब प्रसाद यादव, जगीराम, कोषाध्यक्ष जिना खातुन लगाएतका रहेका छन।


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?