Menu

आजको मौसम

विभिन्न शक्तिपीठहरुमा भक्तजनहरूको बिहान देखि घुइँचो

Author
Trilok Khabar |
October 13, 2021
Featured

जनकपुरधाम । प्रदेश नं २ को विभिन्न जिल्लाहरूमा रहेको शक्तिपीठ एवं दुर्गा मन्दिरहरुमा आज बिहान देखि नै पूजा आराधनाका लागि भक्तजनहरूको ठूलो घुइँचो रहेको छ । 

जनकपुरधामको राजा जनकको कूलदेवताको रुपमा रहेको माता राजदेवीका मन्दिरमा प्रसाद सामाग्रीहरू चढाउनका लागि भक्तजनहरूको ठूलो भिड लागेको छ । राजदेवी मन्दिरमा आज साँझसम्म प्रसाद चढ्ने र त्यसपछि बोका बलीको कार्यक्रम शुरु हुने पूजाको व्यवस्थापन गर्दै आएका महावीर युवा कमिटीले जनाएको छ । गत वर्ष कोरोना महामारीका बीचमा १३ हजार भन्दा बढी बोका बलि रादेवीमा चढेका थिए ।  

यसै गरी जनकपुरधामकै पियरीयामाई, अमरखाना, संसारीमाई भगवतीमा पनि पूजा अर्चनाका लागि श्रद्धालुहरूको भिड रहेको छ । रामानन्द चौक, भ्रमरपुरा चौक तथा विद्यापति चौकमा निर्माण दुर्गाको प्रतिमा स्थलमा पनि भक्तजनहरूको भिड रहेको छ । 

यसै सप्तरी जिल्लाको छिन्नमस्ता, सखडा भगवती, रौतहटको दुर्गा मन्दिर, पर्सा जिल्लाको गहवामाई स्थानमा आज बिहान देखि नै श्रद्धालु भक्तजनहरू प्रसाद तथा महिलाहरू खोईछ भर्ने काम गरिरहेका छन् । 

जनकपुरधामको राजदेवी मन्दिरको भिड व्यवस्थापनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै महावीर तथा श्रीराम युवा कमिटीले स्वयंसेवकहरू परिचालन गरेको छ । आजको बोका बलीपछि मन्दिर सुनसान बन्ने गरेको छ भने सरसफाइपछि पुनः पूजाको आयोजना गरिन्छ । 



https://ift.tt/3DCMfi8

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3