Menu

आजको मौसम

मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

Author
Trilok Khabar |
October 13, 2021

महोत्तरी । पूर्वपश्चिम राजमार्गस्थित महोत्तरीको बर्दिबास नगरपालिका ४ मा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । 

मङ्गलवार साँझ बर्दिबास नगरपालिका ४ विश्वकर्मा चोक अगाडी भएको उक्त दुर्घटनामा ज१२प २९६१ नं.को मोटरसाइकलमा सवार बर्दिबास नगरपालिका ३ गौरीडाडा बस्ने वर्ष २६ को सुरज तामाङ र प्र२—०१—००२प—०५९७ नं.का चालक जिल्ला सर्लाही ईश्वरपुर नगरपालिका १ बस्ने वर्ष २८ को विजय कुमार महतोको मृत्यु भएको हो । 

यता ज१२प २९६१ नं.को मोटरसाइकल थप एक सवार बर्दिबास नगरपालिका ३ गौरीडाडा बस्ने सोनु सिंह गम्भीर घाइते रहेकोमा उनलाई थप उपचारको लागि न्युरो अस्पताल काठमाडौँ लगिएको छ । 

उनको उपचार बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा सम्भव नभएपछि अञ्चल अस्पताल जनकपुर र पछि न्युरो अस्पताल काठमाडौँ लगिएको हो । 

उनको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । दुवै मोटरसाइकल एक आपसमा ठक्कर खादा ज१२प २९६१ नं. मोटरसाइकलमा सवार सुरज तामाङ र सोनु सिंह तथा प्र२—०१—००२प—०५९७ नं.को मोटरसाइकल चालक विजय कुमार महतोसहित तिनै जना गम्भीर घाइते भएकोमा सुरज तामाङ र सोनु सिंहलाई शुभ स्वस्तिक अस्पतालमा लगिएकोमा तामाङको उपचारको क्रममा मृत्यु भएको थियो भने महतोको जनकपुरस्थित रामजानकी अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।



https://ift.tt/eA8V8J

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3