सप्तरी। प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारलाई बदनाम गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेको बताउनुभयो ।
आज प्रदेश २ सभाको सातौँ अधिवेशनलाई सम्बोधन गर्दै मुख्य मन्त्री राउतले यस्तो बताउनुभयो । मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाउ कार्यक्रम अन्तर्गत साइकल खरिद प्रक्रियामा अनियमितता नभएको मुख्य मन्त्री राउतले दाबी गर्नु भएको छ।
सभालाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राउतले साइकल खरिद प्रक्रिया र कम्पनीको नाम समेत सार्वजनिक गर्दै मुख्य मन्त्री कार्यालयमा अख्तियारले प्रदेश नं२ सरकारलाई बदनाम गराउन छापा मारेको बताउनुभयो ।
यसै गरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका संसदीय दलका नेता जितेन्द्र कुमार सोनार सोनलले अख्तियार मुख्यमन्त्री कार्यालयमा छापा मार्दैमा सङ्घीयता समाप्त नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो अख्तियारको योगदानबाट सङ्घीयता आएको होइन। दर्जनौँ मधेसी, दलित, मुस्लिम लगायतको बलिदानबाट सङ्घीयता आएको बताउँदै प्रदेशको स्थायी राजधानी अविलम्ब टुङ्ग्याउन सुझाव पनि दिनु भयो ।
यसै गरी नेकपा (एकिकृत समाजवादी) का प्रदेश सभा सदस्य शत्रुघन महतोले मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाउ अभियान प्रदेशको गौरव भएको बताउँदै साइकल सम्बन्धित क्षेत्रका सभा सदस्यको संलग्नतामा वितरण गर्दा अपनत्व र जिम्मेवारी बोध हुने बताउनुभयो ।
प्रदेश सभाको सातौँ अधिवेशन नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रारम्भ भएको प्रदेश नं २ का प्रमुख हरिशंकर मिश्रले बताउनुभयो ।
https://ift.tt/2Yvo9qn
प्रतिक्रिया लेख्नुहोस्