Menu

आजको मौसम

बोक्सा बोक्सीको आरोपमा देवर भाउजुमाथी कुटपिट

Author
Trilok Khabar |
October 29, 2021

बर्दिबास । महोत्तरीमा एकपछि अर्को बोक्सीको आरोपमा हुने अमानवीय व्यवहार र कुटपिटको घटना सार्वजनिक भइरहेका छन् । 

महोत्तरीमा बोक्सा बोक्सी भएको आरोपमा देवर भाउजुमाथी कुटपिट र अमानवीय व्यवहार भएको घटना सार्वजनिक भएको हो । महोत्तरीको मडैह र मटिहानीमा केही दिन अघि बोक्सीको आरोपमा एक जनाको हत्या भएको थियो भने एक महिला माथि मानव मलमूत्र खुवाएर दुर्व्यवहार भएको थियो । 

एउटा घटना सेलाउन नपाउँदै महोत्तरीको औरही नगरपालिका ९ बस्ने ५० वर्षीय रुपसी ठाकुर लोहार र उनकी ५५ वर्षीया भाउजूलाई बिहीबार साँझ बोक्सा–बोक्सीको आरोप लगाउँदै कुटपिट गरी मलमूत्र खुवाइएको हो । 

घटना लगत्तै इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरी टोलीले उद्धार गरी दुवै जनालाई स्थानीय स्तरमा उपचारका लागि भर्ना गराएको छ । लोहारको टाउको र आँखामा चोट लागेको छ । घटनामा संलग्नमध्ये एक जनालाई पक्राउ गरिएको महोत्तरीका डिएसपी प्रकाश विष्टले जानकारी दिनुभयो । ठाकुरको घरमै पुगेर स्थानीय रामशिला देवी मण्डल, उनका छोरा रामकृष्ण मण्डल, सोही ठाउँकी सुखियादेवी र उनका छोरा कृष्ण मण्डलसहितले कुटपिट गरेको महोत्तरी प्रहरीका डिएसपी विष्टले बताउनुभयो । 

घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । केही दिन अघि मात्रै बोक्सीकै आरोपमा एक महिलाको हत्या भएको थियो भने अर्कीलाई मानव मलमूत्र खुवाएर दुर्व्यवहार गरिएको थियो । सो घटनामा संलग्न सबैलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 



https://ift.tt/eA8V8J

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3