स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

एमाले विधान महाधिवेशन : माधवको खोजी तर केपी ओलीको विकल्प छैन

SHARE:

१७ असोज, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी छ । सहभागी महाधिवेशन प्रतिनिधिहरू व्यस्त छन् ।

कारण- शुक्रबार प्रस्तुत अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन सम्बन्धी दस्तावेज माथि शनिबार समूहगत छलफलको निष्कर्ष प्रस्तुति गर्ने काम भयो ।

शुक्रबार अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पेश भइसकेपछि सम्मेलन केन्द्र परिसरमा एम्ाालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ र उपमहासचिव पौडेल प्रतिनिधिहरूसँग गफिइरहेका थिए ।

पत्रकारलाई देखेपछि उपनेता नेम्वाङले मुस्कुराउँदै भने, ‘उहाँ -विष्णु पौडेल)लाई लिएर सुझाव माग्दै हिंडेको, प्राप्त सुझाव अनुसार -प्रतिवेदन/दस्तावेज) थप समृद्ध बनाउनुहोला नि !’

तथापि, जुन रूपमा महाधिवेशन प्रतिनिधिहरू प्रस्तुत एजेण्डामा एकाग्र हुनुपर्ने हो त्यो भने देखिएन । ‘समय कम छ त्यसकारण प्रस्तुत प्रतिवेदनहरूमाथि सामान्य राय राख्ने भन्दा अरू केही नहुने भएकाले अध्ययन गर्ने जिम्मा पनि नेतृत्वलाई दिने अवस्था देखियो’ एक महाधिवेशन प्रतिनिधिले भने ।

१८४ पेजमा समेटिएको तीन वटा दस्तावेजमा छलफल गर्न ६ हजार प्रतिनिधिलाई १० समूहमा विभाजन गरिएको थियो । निचोड निकाल्न शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म ६ घण्टा समय दिइयो । त्यही ६ घण्टाभित्र प्रतिनिधिहरूले खाना खाने, खाजा खाने समय निकाल्नुपर्ने थियो ।

प्रतिनिधि संख्या, प्रस्तुत प्रतिवेदनमाथि छलफल र समूहको प्रस्तुति हेर्दा एमाले विधान महाधिवेशन पार्टीका नीति, सिद्धान्त र विचारमाथिको छलफल नभई शक्ति प्रदर्शन हो भन्न सकिन्छ । एमालेका प्रतिनिधिहरू नै जारी विधान महाधिवेशनलाई मेलाका रूपमा अथ्र्याइरहेका थिए ।

‘समयको हिसाबले वा विभिन्न कारणले दुर्भाग्य नै भन्नुपर्छ, महत्वका हिसाबले हामीले विधानमा समय दिएर मिहिनेत गर्न सकेनौं’ सम्मेलन केन्ऽ परिसरमै पत्रकारहरूसँग कुरा गर्दै एमाले उपमहासचिव घनश्याम भुसालले भने ।

माधव नेपालको खोजी

एमालेको विधान महाधिवेशनमा केही प्रतिनिधिहरूले माधव नेपालको खोजी गरे । ‘माधव नेपाल विनाको एम्ााले कस्तो कस्तो लाग्ने रहेछ’ एक महाधिवेशन प्रतिनिधिले भने । सँगै दुखेसो पनि गरे, ‘म माधव कमरेडलाई राम्रो मान्छु । तर, परिस्थितिले मैले उहाँलाई साथ दिन सकिनँ ।’

एमाले उपमहासचिव भुसालले परिचय नलुकाई भने, ‘हाम्रो आन्दोलनमा त्यति लामो समय लागिराख्नुभएका साथीहरूको अभावै खट्किन्न भन्नु त्यो उद्दण्डता हुन्छ । उहाँहरूको अभाव खट्किन्छ ।’ तर, भावनाले राजनीति नहुने भएकाले एमाले पार्टी बनाउन लागिपरेकाहरूको अलग-अलग पार्टी बन्न पुगेको उनको विश्लेषण छ ।

नेकपा एमाले वागमती प्रदेश सम्पर्क कमिटीका सचिव शिशिर अर्याल पनि माधव नेपाललाई राम्रो नेता मान्छन् । तर, एमाले नै विभाजन गरेर अर्को पार्टी गठन गर्ने निर्णयमा भने उनले साथ दिन सकेनन् ।

‘केही गल्ती अध्यक्ष केपी ओलीबाट भएकै हो । अध्यक्ष ओलीले नभने पनि उहाँको मनमा गल्ती गरेको महसूस भएकै होला, कालान्तरमा त्यो व्यक्त हुन्छ’ अर्याल भन्छन्, ‘तर, नेताको गल्तीमा पार्टी फुटाउने कुरा चाहिं उचित लागेन र यहाँ छु ।’

माधव नेपाल फेरि एमालेमै आउने र माधव नेपाल सहितको एमालेको ठूलो भेलाको कल्पना गर्ने प्रतिनिधिहरू पनि छन् । ‘माधव नेपाल एमालेमै फर्किनुहुन्छ भन्ने विश्वास छ । र हामी यसैगरी भेला हुन सक्छौं’ कञ्चनपुर बेलगाडीकी उपाध्यक्ष समेत रहेकी नेतृ कमला देवी कार्कीले भनिन् ।

माधव नेपाललाई मात्रै होइन, नेपाली कम्युनिष्ट आन्दोलनका नेताहरूलाई पनि प्रतिनिधिहरू सम्झिरहेका छन् । ‘म यहाँ मदन भण्डारी, पुष्पलाल र मनमोहनको फोटो खोजिरहेको छु’ एमाले नेता झपट रावलले भने ।

‘अध्यक्ष केपी ओलीको ठूला ठूला डमी मात्रै देख्नुभयो कि के हो ?’ भन्ने अनलाइनखबरको जिज्ञासामा रावलले थपे, ‘अध्यक्षको किन राखियो भन्ने प्रश्न होइन, अरूको किन देखिएन ? भन्ने प्रश्न हो । सबैको राख्नुपर्दथ्यो भन्ने मेरो कुरा हो ।’

केपी ओलीको विकल्प छैन

महाधिवेशन प्रतिनिधिहरू तत्काल एमालेमा केपी अेालीको विकल्प नरहेको बताउँछन् । उनीहरूले अबको कार्यकालको नेतृत्व पनि ओलीले नै गर्नुपर्नाका मुख्यतः तीन कारण दिएका छन् ।

पहिलो- अहिलेको परिस्थिति सम्हाल्न

नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीका सचिव शिशिर अर्याल भन्छन्, ‘अहिलेको परिस्थिति निर्माण हुनुमा केपी ओली कारक हो भन्ने केहीलाई परेको छ । र मुलुकमा अहिलेको परिस्थिति पनि सोचे जस्तो सहज छैन । यी दुइटा कुरालाई ख्याल गरे पनि अबको एक कार्यकाल एमालेको नेतृत्व केपी ओलीले नै गर्नुपर्छ ।’

मुलुकमा बाम एकता हुनु, कम्युनिष्ट पार्टीको झण्डै दुई तिहाइ मत पाउने वातावरणको सिर्जना गरेको केपी ओलीले नेकपा एकता भंग, एमाले विभाजन र सरकारबाट बाहिरिने अवस्थाको कारक पनि ओलीलाई मानिएको छ । यसको आवश्यक चिरफार गर्दै मुलुकलाई अगाडि बढाउन फेरि पनि एमालेमा ओलीको नेतृत्वको निरन्तरताको विकल्प नरहेको नेता अर्यालको बुझाइ छ ।

एमाले ललितपुर जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकार भने अहिलेको परिस्थिति आउनुमा केपी ओली कारक होइनन् भन्ने पुष्टि हुँदै गएको बताउँछन् । ‘मुलुकमा अहिलेको अवस्था आउनुमा केपी ओली कारक होइनन् भन्ने केही चिरिएको छ । थप चिर्न पनि एमाले नेतृत्वमा फेरि उहाँ नै आउनुपर्छ ।’

दोस्रो- लिम्पियाधुरा फिर्ता ल्याउन

सुदूरपश्चिम क्षेत्रका महाधिवेशन प्रतिनिधिहरूको भने एमाले अध्यक्ष ओलीसँग अझ विशेष अपेक्षा छ । केपी ओली प्रधानमन्त्री हुँदा नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ नक्शा जारी गर्‍यो र संविधान संशोधन गरेर त्यसलाई निशान छापमा समावेश गर्‍यो । तर, नेपालको नक्शामा रहेको भूमिमा अहिले पनि भारतीय सेनाको क्याम्प छ ।

नेकपा एमाले दार्चुला जिल्ला सचिवालय सदस्य दानीराम पार्की भन्छन्, ‘केपी ओली एमालेको नेतृत्वमा दोहोरिनुुपर्छ भन्नुको एउटै कारण हो- उहाँकै नेतृत्वमा नेपालले आफ्नो भूभाग नक्शामा समेट्यो । अब उहाँले यो मुलुकको नेतृत्व गर्न पाउनुभयो भने त्यो भूमि फिर्ता ल्याउनुहुन्छ कि भन्ने लागेको छ ।’

कञ्चनपुर बेलगाडीकी उपाध्यक्ष समेत रहेकी नेतृ कमला देवी कार्की थप्छिन्, ‘केपी ओलीले विकासको आश देखाउनुभयो । राष्ट्रियताको कुरा भयो, तर सोचे जस्तो विकास भएन । नक्शामा आएको भूभाग फिर्ता भएन । त्यसकारण उहाँले देखाएका सपना पूरा गर्नका लागि उहाँ नै नेतृत्वमा दोहोरिनुपर्छ ।’

तेस्रो- ओलीको विकल्प दिन सक्ने नेता तयार गर्न

केपी ओली नै एमालेको नेतृत्वमा दोहोरिनुपर्छ भन्ने महाधिवेशन प्रतिनिधिहरूको आवाज अझ चोटिलो छ । महासचिव ईश्वर पोखरेलले एमाले अध्यक्षमा दाबी गरिसकेका छन् । तर, प्रतिनिधिहरूले भने केपी ओलीको विकल्प दिन सक्ने नेता नै एमालेमा नभएको र त्यस्त्ाो नेता विकास गर्नका लागि पनि ओली नै एमालेको नेतृत्वमा दोहोरिनुपर्ने तर्क प्रस्तुत गरेका छन् ।

‘केपी ओलीले एमालेको नेतृत्व कसलाई छाड्ने ? छाड्नलाई मान्छे तयार हुन परेन ?’ एमाले ललितपुर जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकार भन्छन्, ‘अहिलेसम्म केपी ओलीको हाइटको नेता विकास भएको छैन । उहाँको विकल्प दिन सक्ने नेता तयार गर्न पनि ओली नै एक कार्यकाल नेतृत्वमा दोहोरिनुपर्छ ।’

एमालेको नेतृत्व बहुस्वीकार्य व्यक्तिले गर्नुपर्ने र ओलीबाहेक एमालेमा अर्को बहुस्वीकार्य नेता तयार भइनसकेको बताउँछन् बारा सिम्रौनगढका नगर इन्चार्ज महेन्द्रप्रसाद जैसवाल । ‘अबको एक कार्यकाल ओली नै अध्यक्ष हो । उहाँको विकल्प खोजिन्न र त्यो जरूरी पनि छैन’, जैसवालले भने ।

नेकपा एमाले केन्द्रीय लेखा परीक्षण आयोगका सदस्य ईश्वरी खरेल अब पनि एम्ााले नेतृत्वमा केपी ओली नै आउने बताउँछन् । ‘कसको विकल्प केभन्दा पनि नेतृत्व सही होस् भन्ने हाम्रो चाहना छ’, उनले भने ।

‘नेताहरू नेताभन्दा पार्टीमुखी भइदिउन्’

दार्चुला लेकम गाउँपालिकाका दानीराम पार्की शुक्रबार मुख्य हलमा प्रवेश गरेनन् । ‘माथि धेरै हुनुहुन्छ यही (साइड हल) बस्दा पनि नेताहरूको कुरा बुझिइहाल्छ किन माथि ठेलमठेल गर्दै जानुपर्‍यो र !’ उनले भने ।

तीन हजार अट्ने मुख्य हल भरिभराउ थियो । मानिसहरू मुख्य हलमा जान हूल बाँधेर पसेका थिए भने भीड पनि उस्तै थियो । भीडमा ठेलमठेल गरेर मुख्य हल नगई साइड हलमा आनन्दले बसेर नेताहरूको कुरा सुनेका उनी कम्युनिष्टहरू व्यवहारमा पनि शालीन हुनुपर्ने बताउँछन् ।

कार्यकर्ता नेतामुखी भएको, नेताहरू पनि नजिकका मान्छेको कुरा सुनेर अगाडि बढ्ने गरेको पार्कीलाई मन परेको छैन । अझ यो गुट र त्यो गुट भनेर नेता/कार्यकर्ता हिंडेको देख्दा उनलाई दुःख लाग्छ ।

‘मलाई माधव नेपाल राम्रो मान्छे हो भन्ने लाग्थ्यो यसको अर्थ म उहाँको गुटको होइन नि ! उहाँको गुटको भए त उहाँसँगै गइहाल्थें’ उनी थप्छन्, ‘म केपी ओलीलाई देखेर एमाले भएको पनि होइन । म एमाले पार्टीलाई देखेर एमाले भएको, मैले सूर्य चुनाव चिहृनबाट वडा सदस्य जितेको छु पहिले । र अहिले एमाले र सूर्य चिहृन जता म त्यता । म नेतामुखी भन्दा पार्टीमुखी छु । नेता त आइरहन्छन् गइरहन्छन् नि !’

पार्टी जिम्मेवारीका दृष्टिले पार्की दार्चुला जिल्लाको सचिवालय सदस्य हुन् । तर, विकासको कुरा, अवसरको कुरा आउँदा नेताहरू नेतामुखी हुने गरेको र कार्यकर्ता वा पार्टीलाई सम्झिने पद्धतिको विकास हुन नसकेको उनको दुखेसो छ । भन्छन्, ‘नेताहरू विकास, अवसर सबै कुरामा नेतामुखी भन्दा पार्टीमुखी भइदिए हुन्थ्यो भन्ने लाग्छ ।’



https://ift.tt/eA8V8J

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: एमाले विधान महाधिवेशन : माधवको खोजी तर केपी ओलीको विकल्प छैन
एमाले विधान महाधिवेशन : माधवको खोजी तर केपी ओलीको विकल्प छैन
Trilok Khabar
https://www.trilokkhabar.com/2021/10/blog-post_98.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/10/blog-post_98.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content