बीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले अवैध रुपमा भारतबाट भित्र्याइएको ठुलो परिणाममा रहेको पटका बरामद गरी नष्ट गरेको छ ।
दीपावली तथा छठ पर्वलाई लक्षित गरी भारतीय सीमा बजारबाट प्रतिबन्धित पटका भित्र्याई रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतबाट खटिएका चेकिङ टोलीले पर्साको विभिन्न स्थानबाट बरामद गरेको १ लाख ५० हजार मूल्य भन्दा बढीको पटाका, अतिशबाजी तथा अन्य बिष्फोटक पदार्थलाई एक कार्यक्रमका बीच नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा खाल्टो खनेर पानी डुबाई पटका नष्ट गरिएको प्रहरी उपरीक्षक पाण्डेले बताउनु भयो ।
प्रहरीले रकेट पटाका ३५ प्याकेट, नागिन १ हजार २ सय ५० प्याकेट, फुलझरी ८ सय पिस, रकेट फुलझरी १ सय २० प्याकेट, बिडी पटाका ७ बोरा , कोबरा र बिडी ६ कार्टुन , चकलेट पटाका ४० प्याकेट , झिरझिरे १०० प्याकेट , टेन शुट १ सय प्याकेट, सप्तरंगी २० प्याकेट , सेभेन सटस , २० प्याकेट , स्काइ रेड १५ प्याकेट नष्ट गरिएको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।
https://ift.tt/3jWUYUT
प्रतिक्रिया लेख्नुहोस्