Menu

आजको मौसम

पर्सा प्रहरीद्वारा ठूलो परिणाममा पटका बरामद गरी नष्ट

Author
Trilok Khabar |
November 03, 2021
Featured

बीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले अवैध रुपमा भारतबाट भित्र्याइएको ठुलो परिणाममा रहेको पटका बरामद गरी नष्ट गरेको छ । 

दीपावली तथा छठ पर्वलाई लक्षित गरी भारतीय सीमा बजारबाट प्रतिबन्धित पटका भित्र्याई रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतबाट खटिएका चेकिङ टोलीले पर्साको विभिन्न स्थानबाट बरामद गरेको  १ लाख ५० हजार मूल्य भन्दा बढीको पटाका, अतिशबाजी तथा अन्य बिष्फोटक पदार्थलाई एक कार्यक्रमका बीच नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले बताउनु भयो । 

जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा खाल्टो खनेर पानी डुबाई पटका नष्ट गरिएको प्रहरी उपरीक्षक पाण्डेले बताउनु भयो । 

प्रहरीले रकेट पटाका ३५ प्याकेट, नागिन १ हजार २ सय ५० प्याकेट, फुलझरी ८ सय पिस, रकेट फुलझरी १ सय २० प्याकेट, बिडी पटाका ७ बोरा , कोबरा र बिडी ६ कार्टुन , चकलेट पटाका ४० प्याकेट , झिरझिरे १०० प्याकेट , टेन शुट १ सय प्याकेट, सप्तरंगी २० प्याकेट , सेभेन सटस , २० प्याकेट , स्काइ रेड १५ प्याकेट नष्ट गरिएको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।



https://ift.tt/3jWUYUT

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3