स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले तीन विषयको स्नातक पढाई शुरु गर्दै

SHARE:

जनकपुरधाम । प्रदेश नंं २ का सरकारले स्वास्थ्य तर्फको दक्ष जनशक्ति उत्पादन गर्नका लागि स्थापना गरेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न विषयको स्नातक तहको अध्ययन अध्यापन गर्ने तयारी पुरा गरेको छ । 

गत वर्ष फागुन २५ गते स्थापना भएको प्रतिष्ठानले पहिलो चरणमा ल्याब तर्फको जनशक्ति उत्पादन गर्नका लागि वि एम एल, नर्सिङ तर्फको वि एस सि नर्सिङ तथा पब्लिक हेल्थ तर्फ वि पि एच को पठन पाठन एक दुई दिन भित्रमा शुरु गर्ने तयारी गरेको उपकुलपति डा. रामकेवल साहले जानकारी दिनु भएको छ । 

सबै विषयको अध्ययन अध्यापनका लागि विद्यार्थी भर्ना तथा पाठ्यक्रमको निर्माण गर्ने काम भएको उपकुलपति डा. साहले बताउनु भयो । जनकपुरधामको मणिपाल शिक्षण कलेजलाई नै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्ययन अध्यापन गर्ने थलो बनाएको छ । 

यसै  गरी शिक्षण अस्पतालको रुपमा प्रादेशिक अस्पताल जनकपुरधामको सेवा विस्तार गर्ने गरी प्रतिष्ठानले काम अगाडी बढाएको छ । निक्कै सस्तोमा सरकारी स्तरबाट अध्ययन अध्यापन हुने मधेश स्वास्थ्य विज्ञानले योग्य स्वास्थ्यकर्मी उत्पादनका लागि विशेष ध्यान दिने उद्देश्य लिएको छ । 

प्रदेश नंं २ का सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक २०७७ प्रदेश सभाबाट पारित गरेर पदाधिकारीहरू नियुक्त गरेपछि प्रतिष्ठानले आफ्नै मातहत नै १ सय बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएका थिए । अहिले पनि सो अस्पतालले सेवा दिए पनि कोरोनाका संक्रमित नगन्य नै रहेको अस्पतालका प्रमुख डा. जामुन सिंहले जानकारी  दिनुभयो । 

आई ओ एमबाट पहिलो पटक स्नातक तहका तीन वटा विषयको अध्यापन  अनुमति पाएको छ । जस अन्तर्गत नर्सिङ, पब्लिक हेल्थ तथा ल्याब तर्फका लागि २०/२० वटा सिटमा भर्नाका लागि अनुमति पाएपछि भर्ना पनि भएको प्रतिष्ठानले जनाएको छ । आई ओ एमले तोकेको शुल्कमा नबढ्ने गरी अध्ययन अध्यापन गराउने उपकुलपति डा. रामकेवल साहले जानकारी दिनु भयो । 

खास गरेर प्रदेश नंं २ का विद्यार्थीहरूलाई उक्त विषयको अध्ययन गर्नका लागि अन्यत्र जानुपर्ने बाँधयताको अन्त्य हुने विश्वास गरिइएको छ । यसका साथै निकट भविष्यमा नै एम डि तथा एम एसको स्वीकृति पाएर विशेषज्ञ चिकित्सक तयार पार्ने पक्षमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको उपकुलपति डा. साहले जानकारी दिनु भयो । 



https://ift.tt/3DrrUwc

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले तीन विषयको स्नातक पढाई शुरु गर्दै
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले तीन विषयको स्नातक पढाई शुरु गर्दै
https://onlineradionepal.gov.np/wp-content/uploads/2021/11/WhatsApp-Image-2021-02-18-at-12.20.15-PM.jpeg
Trilok Khabar
https://www.trilokkhabar.com/2021/11/blog-post_14.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/11/blog-post_14.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content