स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

छठ पर्वको मौका छोपेर महँगी बढाइयो

SHARE:

धनुषा । छठ पर्वको पूर्वसन्ध्यामा बजार भाउ निकै महँगिएको उपभोक्ताहरू बताएका छन् । जनकपुरको पिडारी चोकमा छठ पर्वका लागि सामग्री खरिद गर्न पुगेका सतीशलाल कर्णले छठ पर्वमा पूजाका लागि चाहिने केरादेखि कागतीसम्मको भाउ बढेको बताउनुभयो । अरू बेला रु पाँचमा पाउने कागती अहिले रु २० भन्दा कममा पाउन मुस्किल भएको उहाँको भाइ थियो ।

छठमा चाहिने सामग्री किन्नका लागि बिहानदेखि बेलुकासम्म बजारमा बर्तालुको भीड निकै बढेको छ । छठ पर्वमा चाहिने आवश्यक सामग्री केरा, उखु, भ्यान्टा, दूध, माटोको हात्ती, ढकनी, केराउ, नरिवल, मिठाइ, चना, ठेकुवा, कसार, कागती र अदुवालगायत खरिद गर्नेको सङ्ख्या उल्लेख्य छ । अहिले केरा घरीको रु ५०० देखि ८०० सम्ममा बिक्री भएको व्यापारी बताउँछन् । साथै उखु गोटाको रु १५ मा बिक्री भएको व्यापारीको भनाइ छ ।

छठ पर्वमा केराको सिङ्गै घरी नै प्रसादका रूपमा चढाउनुपर्ने भएको हुँदा अहिले बजारमा केराको माग अत्यधिक देखिएको छ । तिहार तथा छठलाई लिएर जिल्लास्थित विभिन्न व्यापारिक केन्द्रहरूमा अहिले केराको व्यापार बढेको छ । शनिवार मात्रै धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको सखुवा बजारमा लाखौँ रुपैयाँको केराको व्यापार भएको केराका एक ठेकेदार बताउँछन् । विगतको तुलनामा यस वर्ष केराको मूल्यमा अत्यधिक वृद्धि भएको छ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मुख्य बजार केन्द्र महेन्द्रनगर बजारमा मागअनुसार आपूर्ति नभएकाले केराको मूल्यमा ह्वात्तै वृद्धि भएको एक उपभोक्ता सञ्जीप साहले बताउनुभयो । प्राय सबै बजारमा अहिले केराको खरिद बिक्री गर्नेको ठुलै भीड लागेको देखिन्छ । स्थानीय बजारमा केराको माग बढेपछि स्थानीय किसानले लगाएको केरा बजारमा ल्याउने क्रम जारी रहेको छ भने मुलुकको विभिन्न ठाउँमा जहाँ केराको खेती गरिन्छ, त्यहाँका केराले पनि बजार आपूर्ति गर्न नसक्दा भारतको हाजिपुर, दरभङ्गा, पटना, आसाम, बङ्गाल, ठाकुरगञ्जलगायत ठाउँबाट केरा मगाएको फलफूल तथा तरकारी व्यवसायी समिति जनकपुरका अध्यक्ष विश्वेश्वर यादवले बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष केराको मूल्य करिब ३० देखि ४० प्रतिशतले वृद्धि भएको छ । 

यस क्षेत्रको प्रमुख बजारका रूपमा रहेको सखुवा बजारबाट बिक्री वितरण भई विभिन्न ठाउँ जाने गरेको स्थानीयवासी दिलीप महतोले बताउनुभयो । छठ पर्वमा बनाउने प्रसाद ठेकुवा, भुसुवासहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्त नातेदार कहाँ पुर्‍याउन जाने मैथिल परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अर्घ्य दिने पूजा सामग्रीमा बनाइने ठेकुवा, भुसुवासहितका मिष्ठान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ । रासस



https://ift.tt/eA8V8J

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: छठ पर्वको मौका छोपेर महँगी बढाइयो
छठ पर्वको मौका छोपेर महँगी बढाइयो
Trilok Khabar
https://www.trilokkhabar.com/2021/11/blog-post_21.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/11/blog-post_21.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content