बीरगंज । मौसम परिवर्तनसँगै वीरगंज महानगर क्षेत्रमा लामखुट्टेको कारण नगरवासीको जनजीवन प्रभावित भएको छ ।
बीरगंज महानगरपालिकाले विगत एक महिनादेखि लामखुट्टे नियन्त्रण गर्न नालामा स्प्रे गर्ने र छठपछि एयर स्प्रे सुरु गरेको भए पनि लामखुट्टे नियन्त्रणमा नआएको नगरवासीको गुनासो छ ।
चिसो बढ्दै गएपछि बीरगंजमा लामखुट्टे पनि बढ्ने र नालाको सरसफाइ नहुँदा लामखुट्टेको कारण दिनमा समेत आफ्नो घर र कार्यालय भित्र बस्न नसक्ने अवस्था रहेको स्थानीयको गुनासो छ ।
पहिलो चरणमा नालमा विलिचिङ्ग पाउडर छरिएको र दोस्रो चरणमा अहिले एयर स्प्रे भइरहेको हुँदा दोस्रो चरण सम्पन्न हुनासाथ लामखुट्टे नियन्त्रणमा आउने वीरगंज महानगरपालिकाका सरसफाइ महाशाखाका प्रमुख सरसफुद्दिन मियाले बताउनुभयो ।
वडा नम्बर १ बाट सुरु भएको एयर स्प्रे आज १२ नम्बर वडामा पुगेको र नगर क्षेत्रका ३२ वटै वडामा एयर स्प्रे गरिने सरसफाइ महाशाखाका प्रमुख मियाले बताउनुभयो ।
लामखुट्टे नियन्त्रण विरुद्धको महानगरपालिकाले सुरु गरेको दोस्रो चरणको औषधी छर्ने कार्यपछि मात्रै लामखुट्टे नियन्त्रणमा आउने दाबी सरसफाइ प्रमुख मियाले गर्नुभयो ।
यसैविच विगत केही समययता पर्साको ग्रामीण भेगहरूमा पनि लामखुट्टेको सङ्ख्यामा वृद्धि हुने थालेकोले पोखरीया, पर्सागढी, बहुदरमाई लगायतका नगरपालिका तथा गाउँपालिकाहरूमा समेत लामखुट्टे नियन्त्रणका लागि आवश्यक उपाय अपनाउन स्थानीय तहका जनप्रतिनिधिलाई ग्रामीण बासिन्दाले आग्रह गरेका छन् ।
लामखुट्टेसँगै बीरगंज तथा पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा डेङ्गुको प्रकोप समेत देखिएको हुँदा समयमै लामखुट्टे नियन्त्रण गर्नुपर्ने चिकित्सकहरूले बताएका छन् ।
https://ift.tt/3CnTNEp
प्रतिक्रिया लेख्नुहोस्