![](https://onlineradionepal.gov.np/wp-content/uploads/2021/11/%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A5%81-%E0%A4%94%E0%A4%B7%E0%A4%A7-%E0%A4%B8%E0%A4%B9%E0%A4%BF%E0%A4%A4-%E0%A4%AA%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%89-1024x766.jpg)
बीरगंज । पर्सा प्रहरीले ठूलो परिणाममा भारतबाट भित्र्याइएको अवैध लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
ना४५प ११६४ नम्बरको मोटरसाइकलमा भारतबाट भिष्वा नाका हुँदै नेपालतर्फ आउँदै गरेका पर्साको धोबिनी गाउँपालिका–२ बस्ने २६ वर्षीय दिवाकरकुमार साहलाई १ हजार ३ सय ५० थान (एम्पुल) लागू औषधसहित भिष्वाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।
साहले चलाएको मोटरसाइकलबाट नुर्फिन, डाइजेपाम र प्रोमी फाइजाम हाइड्रोक्लोराइड ४५०/४५० थान गरी १ हजार ३ सय ५० थान लागू औषध बरामद भएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
साहसँगै मोटरसाइकलको पछाडि बसेका अर्का एक युवक भने भाग्न सफल भएका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
https://ift.tt/3cAc3zS
प्रतिक्रिया लेख्नुहोस्