Menu

आजको मौसम

ससुरालीमा अपमानित भएपछि आत्महत्या

Author
Trilok Khabar |
November 16, 2021
Featured

जनकपुरधाम । ससुरालीका सबै मिलेर कुटेको भन्दै धनुषाका एक युवकले सुसाइड नोट लेखेर गएराति आत्महत्या गरेका छन् । मिथिला नगरपालिका वडा नं.२ का २६ वर्षीय रामचन्द्र महतोले मिथिला नगरपालिका वडा नंं ५ श्रीपुर स्थित ससुराली घरमा आत्महत्या गरेका छन् । 

महतोको उपचारमा ल्याउने क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनु भएको छ । महतोको खल्तीमा सुसाइड नोट फेला परेको उहाँले जानकारी दिनुभयो । 

सुसाइड नोटमा मृतकले आफूलाई ससुरालीका सबै परिवारजन मिलेर सोमबार निर्घात कुटपिट गरेकोले मेरो मृत्यु भए त्यसको सम्पूर्ण जिम्मेवार ससुरालीका सबै सदस्य हुने उल्लेख गरेका छन् ।

मृतक महतोले सुसाइट नोटमा ‘म रामचन्द्र महतो म आफ्नो पुरै होस हवासमा लेख्दै छु की मेरो यदि कुनै कारणवश मृत्यु भयो भने त्यसको सम्पूर्ण जिम्मा मेरो ससुरालीका सम्पूर्ण सदस्यहरूको हुने छ भन्ने उल्लेख रहेको छ । 

उनले उक्त नोटमा मलाई उनीहरूले मिति २०७८।७।२९ गतेका दिन बेलुका तिर सबै जना मिली कुटेको छ र टर्चर गरेकोले मलाई यसले धेरै मन दुख्ने गाली गरेकोले म आत्महत्या गर्न गइरहेको छु उल्लेख गरेका छन् । उनले सुसाइड नोटमा आफ्नो हस्ताक्षर समेत गरेका छन् ।

महतोले मिथिला नगरपालिका वडा नं. ५ श्रीपुरमा रहेको ससुराली घरमा झुण्डेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । झुण्डेको देखेपछि परिवारजनले उनलाई उपचारको लागि लग्ने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनापछि सासु सुमित्रा देवी र सालो श्रवण महतोलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको भने सुसाइट नोट सहितको विषयमा अनुसन्धान गर्ने काम गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

मृतक महतोको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको छ भने  घटना विषयमा थप अनुसन्धान प्रहरीले गरिरहेको र दोषी माथि कानूनी कारबाही बढाउनका लागि निर्देशन दिइसकेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो । 

मृतक महतोले ५ वर्ष अघि प्रेम विवाह गरेका थिए । उनका दुई छोरा छन् । घरभन्दा केही पर मात्र ससुराली भएकाले प्रायः ससुराली घरमा आउजाउ गर्ने गरेका थिए ।



https://ift.tt/3cih3sQ

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3