Menu

आजको मौसम

२० लाख अवैध हुण्डीको रकम सहित एक पक्राउ

Author
Trilok Khabar |
November 09, 2021

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डीको कारोबारमा संलग्न भएको आरोपमा २० लाख रकमसहित १ जनालाई पक्राउ गरेको छ ।

बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ५ नकटुवा बस्ने ३१ वर्षीय चन्दन कुमार साहलाई श्रोत खुलाउन नसकेको २० लाख रुपैयाँ नगद सहित वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघरबाट आदर्शनगरतर्फ जाँदै गरेको अवस्थामा चेकजाँचको क्रममा ना. ४८ प. ७६९१ नम्बरको मोटरसाइकल समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

साहले बोकेको झोला चेकजाँचको क्रममा अवैध रकम बरामद भएपछि साहलाई पक्राउ गरिएको खनालले बताउनु भयो ।

साहविरुद्ध बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्धको कसुरमा आवश्यक अनुसन्धान अगाडि बढाइएको खनालले बताउनुभयो ।



https://ift.tt/eA8V8J

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3