जनकपुरधाम । श्रीसीताराम विवाहपञ्चमी महामहोत्सवको तयारी जनकपुरधाममा तीव्र रुपमा भइरहेको छ । जानकी मन्दिरले महोत्सवका लागि मन्दिरको सरसफाइ तथा सजावट गर्ने काम गरिरहेको छ ।
श्रीसीताराम विवाहपञ्चमी महामहोत्सव भव्य रुपमा मनाउनका लागि जानकी मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णवको अध्यक्षतामा मूल समिति गठन गरिइएको छ भने विभिन्न उपसमितिहरू पनि गठन गर्ने काम भएको छ ।
यही मङ्सिर १७ गते देखि २३ गतेसम्म सप्ताहव्यापी रुपमा मनाइने श्रीसीताराम विवाहपञ्चमी महामहोत्सवका लागि जानकी मन्दिरले तयारी तीव्र बनाएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिनु भएको छ ।
धार्मिक प्रवचनका लागि पण्डलको निर्माण भइरहेको छ । यसै गरी रामलीला शुरु गर्ने तयारी भइरहेको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मङ्सिर १७ गते जनकपुर नगरदर्शन, १८ गते फूलवारी लिला, १९ धनुषयज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते शुभ विवाहउत्सव तथा २३ गते रमकलेवा रहेको छ ।
यस वर्ष भारतको अयोध्याबाट औपचारिक रुपमा जन्ती नआए पनि विधिका लागि केही मात्रामा साधुसन्त तथा महन्थहरु आउन लाग्नु भएको उत्तराधिकारी महन्थ दासले जानकारी दिनुभयो ।
जनकपुरधाममा हुने महोत्सव मध्ये सबैभन्दा ठूलो महोत्सवको रुपमा श्रीसीताराम विवाह पञ्चमी महामहोत्सव रहेको छ । विगतका दुई वर्ष कोरोनाले प्रभावित भए पनि यस पटक अवस्था सन्तोष जनक रहेका छन् । दुवै देशमा कोरोना अहिले नियन्त्रणको अवस्थामा रहेकाले अत्यधिक भिड हुने अनुमान गरिएको छ ।
https://ift.tt/3nXt7pQ
प्रतिक्रिया लेख्नुहोस्