![](https://onlineradionepal.gov.np/wp-content/uploads/2021/11/%E0%A4%A6%E0%A5%81%E0%A4%88-%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A4%AE%E0%A4%BE-%E0%A5%A8-%E0%A4%B8%E0%A4%AF-%E0%A5%AD%E0%A5%AD-%E0%A4%AC%E0%A5%8B%E0%A4%A4%E0%A4%B2-%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%87%E0%A4%95%E0%A5%8D%E0%A4%B8-%E0%A4%AD%E0%A5%87%E0%A4%9F%E0%A4%BF%E0%A4%AF%E0%A5%8B-%E0%A5%AA-%E0%A4%AA%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%89-2-1024x768.jpg)
बीरगंज । पर्सा प्रहरीले अवैध रुपमा भारतबाट दुई वटा ट्रकमार्फत नेपालतर्फ ल्याइरहेको अवस्थामा गए राति २ सय ७७ बोतल लागु औषध कोरेक्ससहित चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज आइसिपी भन्सार नाका हुँदै परवानीपुरतर्फ गइरहेको अवस्थामा बा.३ ख ८८०८ नम्बरको मिनी ट्रकलाई चेकजाँच गर्ने क्रममा ट्रकको चालक बस्ने सिटमुनि बोराभित्र लुकाइछिपाई ल्याएको अवस्थामा अवैध लागु औषध कोरेक्स ५४ बोतल र सोही समयमा ना.५ ख ६८७७ नम्बरको ट्रक समेत चेकजाँच गर्दा चालक बस्ने सिटमुनि नै बोराभित्र लुकाइछिपाई ल्याएको अवस्थामा २ सय २३ बोतल कोरेक्स गरी जम्मा २ सय ७७ बोतल लागु औषध कोरेक्ससहित ट्रकका चालक र सहचालक गरी चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिनुभयो ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2021/11/%E0%A4%A6%E0%A5%81%E0%A4%88-%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A4%AE%E0%A4%BE-%E0%A5%A8-%E0%A4%B8%E0%A4%AF-%E0%A5%AD%E0%A5%AD-%E0%A4%AC%E0%A5%8B%E0%A4%A4%E0%A4%B2-%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%87%E0%A4%95%E0%A5%8D%E0%A4%B8-%E0%A4%AD%E0%A5%87%E0%A4%9F%E0%A4%BF%E0%A4%AF%E0%A5%8B-%E0%A5%AA-%E0%A4%AA%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%89-3-1024x768.jpg)
पक्राउ पर्नेहरूमा मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नम्बर ७ निवासी ३५ वर्षीय अनुप बर्तौला, हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ४५ वर्षीय राजु बस्नेत, झापा जिल्ला मेची नगरपालिका वडा नम्बर १ बस्ने गोपाल थापा र हेटौडा उपमहागनरपालिका वडा नम्बर ६ बस्ने ३१ वर्षीय प्रमोद श्रेष्ठ रहेका छन् ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2021/11/%E0%A4%A6%E0%A5%81%E0%A4%88-%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A4%AE%E0%A4%BE-%E0%A5%A8-%E0%A4%B8%E0%A4%AF-%E0%A5%AD%E0%A5%AD-%E0%A4%AC%E0%A5%8B%E0%A4%A4%E0%A4%B2-%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%87%E0%A4%95%E0%A5%8D%E0%A4%B8-%E0%A4%AD%E0%A5%87%E0%A4%9F%E0%A4%BF%E0%A4%AF%E0%A5%8B-%E0%A5%AA-%E0%A4%AA%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%89-1-1024x768.jpg)
लागु औषधसहित दुई वटै ट्रक र अभियुक्तहरूलाई नियन्त्रणमा लिई अवैध लागु औषध सम्बन्धी कसुरमा कारबाही प्रक्रिया अगाडी बढाइएको प्रहरी प्रवक्ता खनालले बताउनुभयो ।
https://ift.tt/3r6tQan
प्रतिक्रिया लेख्नुहोस्