Menu

आजको मौसम

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

Author
Trilok Khabar |
November 02, 2021
Featured

महोत्तरी । रामगोपलपुर नगरपालिकामा गाउँव्लकमा बर्षौ देखि बसोबास गर्दै आएका सुकुम्वासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री श्रेष्ठले रामगोपालपुरमा आयोजित कार्यक्रममा गाउँव्लकमा बसोबास गर्नेहरूलाई जग्गाधनी प्रमाणपुर्जा  वितरण गरेर कार्यक्रमको सुरुवात गर्नुभएको हो ।
महोत्तरीको रामगोपलपुर नगरपालिकामा गाउँव्लकमा बसोबास गर्नेहरूलाई लालपुर्जा वितरण गर्दै उहाँले वर्तमान सरकारले राष्ट्रिय भूमि आयोग गठन गरिसकेको भन्दै सुकुम्वासी, भूमिहीन, अव्यवस्थित बसोबासको समस्याहरूलाई यही सरकारले सही तरिकाले समाधान गर्ने बताउनुभयो । 

आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले १० जनालाई गाउँब्लकमा बसोबास गर्ने जग्गाधनी प्रमाणपुर्जा वितरण गरेर कार्यक्रम शुभारम्भ गर्नुभएको थियो । साबिकको रामगोपालपुरको वडा नम्बर १ देखि ९ सम्मका पाँच सय ५४ घरपरिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने कार्यक्रम रहेको नापी कार्यालय जलेश्वरका प्रमुख राकेशकुमार झाले जानकारी दिनुभयो । 

सो क्षेत्रमा विगत झन्डै ५० औँ बर्ष देखि बसोबास गर्दै आएको गाउँव्लकका स्थानीय पाँच सय ५४ घरपरिवारलाई जग्गाधनी लालपुर्जा वितरण गरिएको हो । साबिकको रामगोपालपुरको वडा नम्बर १ देखि ९ सम्म बि.स २०७० पुसमा नापी भएको थियो । कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाल, प्रदेश २ का आन्तरिक मामिला मन्त्री भरत कुमार साह, नापी विभागका महानिर्देशकहरूको उपस्थिति रहेको थियो । 

झन्डै ५० औँ वर्षदेखि बसोबास गर्दै आएको तर लालपुर्जा विहीन घरपरिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएकोले गाउँमा खुशीयाली छाएको जग्गाधनी प्रमाणपुर्जा पाएका स्थानीय खुदी मुखियाले बताउनुभयो । 



https://ift.tt/2ZLxhYS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3