वीरगंज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीभित्र देखिएका विकृति विसङ्गतिलाई अन्त्य गर्दै सङ्गठनलाई सशक्त रुपमा सुदृढीकरण गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको छ ।
जनता समाजवादी पार्टी पर्साको आज एक कार्यक्रमका बीच वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ ओम आश्रममा स्थापित पार्टी कार्यालयको उद्घाटन गर्दै अध्यक्ष यादवले नालीलाई सफा नगर्दा घरभित्रै फोहोर पानी पस्ने जोखिम रहने र पार्टीभित्रका अराजक व्यक्तिहरूलाई समयमै ठेगान नलगाए सङ्गठन नै ध्वस्त हुने बताउनुभयो ।
अध्यक्ष यादवले सर्पलाई जति दुध पिलाए पनि विष नै दिन बताउँदै जुन थालमा खायो त्यही थालमा प्वाल पार्नेलाई पार्टीमा राख्नुको कुनै औचित्य नहुने बताउनुभयो ।
सङ्गठन, कार्यालय र कोष भयो भने पार्टी राम्रोसँग सञ्चालन हुने दाबी गर्दै अध्यक्ष यादवले जसपा पर्सा यी सबै कुरामा सक्षम भएको बताउनुभयो ।
जसपा पर्साका अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा जसपाका केन्द्रिय सदस्य हरिनारायण रौनियार, वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य करिमा बेगम, भिमा यादव, सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप कुमार जैसवाल, विन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु, पकाहमैनपुर गाउँपालिका अध्यक्ष विजय चौरसिया, पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुन, केन्द्रिय सदस्य फिरोज मन्सुर, विन्देश्वरी यादव, वीरेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।
https://ift.tt/3w1Ikc1
प्रतिक्रिया लेख्नुहोस्