स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

स्वास्थ्य क्षेत्रको सुधार एवं रोगको निदानका लागि अनुसन्धान जरुरी : मुख्यमन्त्री राउत

SHARE:

जनकपुरधाम । स्वास्थ्य क्षेत्रमा अनुसन्धान गर्नका लागि गठित नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रदेश २ मा स्वास्थ्य क्षेत्रको सुधार गर्नका लागि प्रदेश स्तरीय कार्यालय आजबाट सञ्चालनमा ल्याएको छ । 

परिषद्ले धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको सपहीमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयको हातामा नै आजबाट परिषद्को प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ । 

प्रदेश कार्यालयको उद्घाटन गर्दै प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले स्वास्थ्य क्षेत्रको सुधार तथा रोगको उपचार एवं निदानमा अनुसन्धानको महत्त्वपूर्ण स्थान रहेको बताउनु भयो । 

उहाँले नेपालको अनुसन्धान पक्ष निक्कै फितलो भएको बताउँदै प्रदेश नंं २ मा रहेको स्वास्थ्य क्षेत्रको सुधारका लागि अनुसन्धान आवश्यक रहेकाले परिषद्को प्रदेश कार्यालयको विकास तथा विस्तारका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनु भयो । 

मुख्यमन्त्री राउतले अध्ययन अनुसन्धान विना कुनै पनि क्षेत्रको विकास गर्न कठिन हुने भएकाले स्वास्थ्य अनुसन्धान परिषद्को प्रादेशिक कार्यालयले प्रदेश २ को स्वास्थ्यमा भएका समस्याहरूको विषयमा गहन अनुसन्धान गर्ने विश्वास व्यक्त गर्नु भयो । 

प्रदेश नंं २ का प्रदेश सभा सदस्य रामअशिष यादवले अनुसन्धान नभएका कारणले नै सरकारी स्वास्थ्य संस्थाहरूको अवस्था कमजोर बनेको बताउँदै सरकारी स्वास्थ्य संस्थालाई सुदृढ बनाउनका लागि अनुसन्धानमा विशेष जोड दिन जरुरी रहेको बताउनुभयो । 

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डा. रामकेवल साहले अनुसन्धान शिक्षाको अभिन्न अङ्ग भएको बताउँदै प्रमाण पत्ता लगाउने काम अनुसन्धानले गर्ने भएकाले स्वास्थ्य अनुसन्धान परिषद्को प्रदेश कार्यालयको स्थापनाले अनुसन्धानमा मद्दत गर्ने विश्वास व्यक्त गर्नु भयो । 

प्रदेश नंं २ को स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले कतिपय रोगको निदान तथा नियन्त्रणका लागि अनुसन्धान महत्त्वपूर्ण भएकाले निर्देशनालयले परिषद्लाई सक्दो रूपमा सहयोग गर्ने बताउनुभयो । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. गेहनाथ बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा परिषद्का सदस्य सचिव एवं कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले काठमाडौँ उपत्यका बाहिर पहिलो पटक परिषद्को प्रादेशिक कार्यालय प्रदेश नंं २ मा खोल्न पाएकोमा खुशी व्यक्त गर्दै यसमा प्रदेश सरकारको पूर्ण साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नु भयो ।  



https://ift.tt/31HVAI9

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: स्वास्थ्य क्षेत्रको सुधार एवं रोगको निदानका लागि अनुसन्धान जरुरी : मुख्यमन्त्री राउत
स्वास्थ्य क्षेत्रको सुधार एवं रोगको निदानका लागि अनुसन्धान जरुरी : मुख्यमन्त्री राउत
https://onlineradionepal.gov.np/wp-content/uploads/2021/12/1639300147674-1024x768.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2021/12/blog-post_12.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/12/blog-post_12.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content